Site icon dailynewsrapti.com

कसले गर्यो भिमदत्त पन्तको सालिक तोडफोड,नेकपाद्वारा कारवाहीको माग

गणेश एसके

कञ्चनपुर: नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले किसान नेता सहिद भीमदत्त पन्तको सालिक माथि तोडफोड गर्नेलाई कारबाहीको माग गरेको छ । शुक्रबार नेकपाका जिल्ला सचिव प्रकाश सीले एक प्रेस विज्ञप्ति जारी गर्दै सालिक तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही गर्न प्रशासनलाई माग गरेको हो ।

नेकपाको प्रेस विज्ञप्तिमा भनिएको छ ,“नेपाल कम्युनिस्ट पार्टी विगत देखि राष्ट्रियता , जनतन्त्र र जनजीविकाका सवालमा निरन्तर आवाज उठाउँदै आएको कुरा अवगत नै छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्थित भीम बाटिकामा रहेको किसान आन्दोलनका अग्रदस्ता महान नेता सहिद भीमदत्त पन्तको सालिकमा आज गरिएको तोडफोड अराजक कार्यप्रति नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको गम्भीर ध्यानाकर्षण भएको छ । शोषित , उत्पीडित तथा मजदुर किसान जनताको पक्षमा क्रान्तिकारी चेत सहित मुक्तिकामी आन्दोलनको नेतृत्व गरेका सहिद भीमदत्त पन्तलाई गर्व गर्नुको साटो यसरी उनकै सालिक माथि तोडफोड हुनु घृणित र निन्दनीय छ । योप्रति नेकपा खेद प्रकट गर्दछ । महान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने कार्यमा संलग्न अराजकलाई कारबाही गर्न नेकपा कञ्चनपुर प्रशासनलाई जोडदार माग गर्दछ ।”

शुक्रबार राजावादीको नारा दिँदै जिल्लाको महेन्द्रनगर बजारमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीले बजार स्थित भीम बाटिकामा रहेको सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका थिए । तोडफोड गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका १८ जना कार्यकर्तालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ प्रेस बिज्ञप्ती:-

प्रतिक्रिया दिनुहोस्
Exit mobile version