Site icon dailynewsrapti.com

घोराहिमा धमाधम संगठन बनाउदै युवा संगठन नेपाल, घोराही १७ मा वडा कमिटी गठन


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ अन्तर्गत घोराही उपमहानगरपालिका कमिटीले उपमहानगर अन्तर्गतका वडा वडामा व्यापक संगठन निर्माणमा सक्रिय रहेको छ।
संगठनले घोराही १७ मा किरण चौधरी(अखिल) को अध्यक्षतामा ११ सदस्यीय वडा भेला आयोजक कमिटी गठन गरेको हो। कार्यक्रमको प्रमुख आतिथ्य नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा घोराही उपमहानगर इन्चार्ज तिलकको रहेको थियो भने युवा संगठन नेपालका जिल्ला सचिवालय सदस्य तथा घोराही उपमहानगरका अध्यक्ष पदम चन्द,नेकपा घोराही १७ का सेक्रेटरी बम बहादुरको बिशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलकले संसदीय व्यवस्था मरणासन्न अवस्थामा पुगेको जिकिर गरे। नेता तिलकले आफ्नो पार्टीले नेपालमा देखिएको सबैखाले राजनितिक,आर्थिक,सामाजिक,सांस्कृतिक क्षेत्रमा देखिएका संकट समाधान गर्न संसदीय व्यवस्थाको विकल्पमा बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने धारणा सहित जनमतसंग्रहको एजेन्डा अघि सारेको बताए। उनले युवाहरु अब एकपटक एकीकृत जनक्रान्तिको झण्डामा लामबद्द हुन अपिल समेत गरे। कार्यक्रममा युवा संगठन नेपाल घोराही उपमहानगरका अध्यक्ष तथा जिल्लाका सचिवालय सदस्य पदमले मन्तव्य राखेका थिए।
नेकपाका दाङ जिल्ला सदस्य तथा घोराही उपमहानगर-१७ इन्चार्ज मोतिको अध्यक्षता तथा संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version