Site icon dailynewsrapti.com

दाङमा एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा (महान)को स्मृतिमा रक्तदान

दाङ  । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटी र तुलसीपुर उपमहानगर कमिटीले शनिबार घोराही र तुलसीपुरमा छुट्टाछुट्टै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

घोराहीमा पार्टीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र  दाङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो भने तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालको रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान गरिएको हो ।

नेकपा घोराही उपमहानगरका सेक्रेटरी महान सीको अध्यक्षता एवं पार्टी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । 

एकीकृत जनक्रान्तिका महान सहिद महानको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा पार्टीका दाङ जिल्ला इञ्चार्ज सविन सी,  पार्टी शन्तिनगरका इञ्चार्ज जनक सी, पार्टी घोराहीका सेक्रेटरी महान सी, पार्टीका जिल्ला सदस्यद्वय जगत सी र कमरा सी, अखिल समाजवादीका दाङ जिल्ला इञ्चार्ज खुमन सी, युवा संगठन नेपालका दाङ जिल्ला इञ्चार्ज पदम सी,  अखिल समाजवादी दाङका अध्यक्ष खुम सी, युवा संगठन नेपाल दाङका अध्यक्ष शिशिर सीलगायतले रक्तदान गरेको पार्टीले जनाएको छ ।

कार्यक्रममा पार्टीका घोराही उपमहानगरका इञ्चार्ज विकास सीले सहिद महानको संक्षिप्त जीवनी वाचन गरेका थिए । 

जिल्लामा रगत अभाव हुन नदिन र अस्पतालमा रहेका बिरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउने उद्देश्यसहित रक्तदान गरिएको पार्टी घोराही नगर कमिटीले जनाएको छ ।

यता तुलसीपुरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा करिव १५ जनाले रक्तदान गरेको नेकपा तुलसीपुरले जनाएको छ । रक्तदान कार्यक्रममा पार्टीका दाङ ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सी , पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका शान्तिनगर गाउँपालिका सेक्रेटरी मनोज सी लगाएतको उपस्थिति रहेको थियो ।

एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा (महान)को नेकपामाथी लादिएको तत्कालीन वली नेतृत्वको सरकारको प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा २०७६ जेठ १२ गते काठमाडौंमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version