Site icon dailynewsrapti.com

विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द(विप्लव) का छोराले ट्विट गरेका छन।
विप्लव पुत्र डा.प्रकाश चन्दले ट्विटरमा लेखेको स्टाटस यस्तो छ,”गोलि चल्छ कांग्रेसको सभा-सम्मेलनमा अनि हतियार बुझाइदिनुपर्ने विप्लवले”।

नेकपा तत्कालीन केपि नेतृत्वको सरकारसंग तिन बुदे सहमती मार्फत शान्तिपुर्ण राजनीतिमा अवतरण गरेको हो।
तिन बुदे सहमतीमा सरकारले नेकपामाथी लगाएको प्रतिबन्ध फुकुवा गर्ने, राजबन्दी रिहाइ तथा झुटा मुद्धा खारेज गर्ने र नेकपाले आफ्ना गतिविधि शान्तिपुर्ण ढंगले अघि बढाउने सहमति भएको थियो। सहमती भएको लामो समय बितिसक्दा पनि सरकारले नेकपाका नेता-कार्यकर्तामाथी लगाएको झुटा मुद्दा  खारेज र बन्दी कार्यकर्ता रिहा गरेको छैन भने नेकपाले तीन बुदे सहमतिलाई इमानदारीपुर्वक लागू गरेर आफ्ना राजनैतिक गतिबिधीलाई शान्तिपूर्ण ढंगले अघि बढाइसकेको छ।
तीन बुदे सहमति लागू गर्ने सवालमा राज्य गैरजिम्मेवार बनिरहेको नेकपाले आरोप लगाएको छ। अनावश्यक हतियारको प्रसंग उठाएर सरकार तीन बुदे सहमति उल्लंघन गर्न खोजिरहेको नेकपाका नेताहरुले बताउने गरेका छन।
देशमा युद्धको घोषणा नै नभएको अवस्थामा अनावश्यक हतियारको प्रसंग झिकेर राज्यले सहमतीलाई बिसयान्तर गर्न खोजेको नेकपाको बुझाइ रहेको छ।
डा.प्रकाश चन्दको ट्विट:-

प्रतिक्रिया दिनुहोस्
Exit mobile version