Site icon dailynewsrapti.com

युवा संगठन नेपाल दाङले बुझायो सिडियोलाइ ज्ञापनपत्र


हेमन्त प्रकाश वली। फागुन ६,घोराही। विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपाल दाङले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत मन्त्रीपरिषदको कार्यालय सिहदरवार काठमाडौलाई ज्ञापनपत्र बुझाएको छ।
आज शुक्रवार संगठनका जिल्ला इन्चार्ज सहितको टोलि प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र पेश गरेका हुन। युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज कुमार परियार र संगठनका जिल्ला संयोजक जीवनी चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट पास गर्ने बिसयले देश दुई ध्रुबमा बिभाजित हुनु दुखद भएको र देशभरबाट बहुसंख्यक जनताले यो सम्झौता राष्ट्रघाती भएकाले खारेजिको आवाज उठाउदा उठाउदै पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात गर्न खोजिएको संगठन ठहर रहेको उल्लेख गरिएको छ।
एमसिसी सम्झौता विरुद्ध जनताको सडक आन्दोलनलाई दमन तथा धरपकड गर्ने क्रियाकलापका बिरोधमा निम्न मागहरु पेश गरिएको छ:
१) एमसिसी परियोजना खारेज गरियोस् ।
२) पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दी तथा महंगी नियन्त्रण गरियोस् ।
३) युवाहरुलाइ स्वदेशमै रोजगारीको ग्यारेन्टी गरियोस् ।
४) कालोबजारी नियन्त्रण गरियोस् ।
ज्ञापनपत्रको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्
Exit mobile version