Site icon dailynewsrapti.com

कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश


काठमाडौ। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्। उनले चैत ८ गतेमात्रै आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लखेर माओवादी पार्टी त्यागेको घोषणा गरेका थिए। शर्मा र उनकी पत्नि सीता चौधरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा एमालेमा स्वागत गरेका हुन्।

‘एमालेको विचार, राजनीति र कार्यदिशा ठिक लागेको हुँदा हामी माओवादी परित्याग गरी एमालेमा पार्टी प्रवेश गरेका हौं,’ शर्माले भने, ‘मैले माओवादीमा २३ वर्ष जति विभिन्न पदमा रहेर काम गरे पनि आज मलाई एमाले ठिक लाग्यो।’
उनले माओवादी पार्टी र तिनका नेताहरूप्रति केही पनि गुनासो नरहेको बताए।
दाङको घोराहीका शर्मा एमाले प्रवेश गर्नु पूर्व माओवादी केन्द्रका घोराही उपमहानगर अध्यक्षको जिम्मेवारीमा थिए।
शर्माले यो बीचमा माओवादीका केन्द्रीय आयोजक कमिटीसम्मको जिम्मेवारी पाएका थिए।
उनले माओवादीमा रहँदा त्यसअघि जिल्ला र क्षेत्रको पनि नेतृत्व गरेको बताए।
त्यस्तै, उनकी पत्निलाई माओवादीले २०७४ सालको स्थानीय तहको निर्वाचनका क्रममा घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएको थियो। उनी माओवादीको जिल्ला कमिटी सदस्य पनि थिइन्।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version