Site icon dailynewsrapti.com

नेकपा (बहुमत) समुहका संयोजक कञ्चन गिरफ्तार,रिहाईको माग


बैशाख २९,दाङ। नबगठित नेकपा(बहुमत) समुहका संयोजक धर्मेन्द्र बास्तोला (कञ्चन)लाई प्रहरीले गिरफ्तार गरेको छ।

आज बिहिवार सो समुहका नेता दिपक चलाउनेले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै संयोजक कमरेड कञ्चनलाई प्रहरीले गिरफ्तार गरेको बताएका छन। साथै उनले षडयन्त्रपुर्ण गिरफ्तारिकाे घाेर निन्दा गर्दै तुरूुन्त रिहाईकाे माग समेत गरेका छन।

नवगठित नेकपा (बहुमत)का संयोजक कञ्चनलाइ बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।

बास्तोलाको संयोजकत्वमा बनेको नवगठित नेकपा (बहुमत) समूह स्थानीय निर्वाचन बहिस्कारको पक्षमा छ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version