Site icon dailynewsrapti.com

धर्मेन्द्र-सुदर्शनले क्रान्ती गर्न होइन,क्रान्तीलाई धरापमा पार्न पार्टी फुटाए: प्रदिप


असार ११,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले धर्मेन्द्र-सुदर्शन गुटले क्रान्ती गर्न नभइ क्रान्तिलाई धरापमा पार्न पार्टी फुटाएको बताएका छन।
नेकपा दाङद्वारा जिल्लाको तुलसीपुरमा आयोजित राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै सेक्रेटरी प्रदिपले उक्त कुरा बताएका हुन।

नेता प्रदिपले आफ्नो पार्टी नेपालमा एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको वताए।उनले भने– ‘हाम्रो पार्टी संसदवादका विरुद्ध निरन्तर बिद्रोहमा छ।पार्टीले दुई बर्षको गैरन्यायिक प्रतिबन्धको सामना गर्दै यहाँसम्म आएको छ।अहिले आएर धर्मेन्द्र-सुदर्शनहरु क्रान्तीका विरुद्ध विषबमन गरिराख्नुभएको छ त्यो सहि होइन। उहाँहरुमा देखिएको आर्थिक-सांगठनिक अराजकता विरुद्ध सच्चिन आग्रह गर्दा पार्टी नै फुटाएर हिड्नुभयो।’

नेता प्रदिपले धर्मेन्द्र-सुदर्शनले आठ बर्षसम्म एकीकृत जनक्रान्तीको दस्ताबेज ठिक मान्दै प्रशिक्षण दिदै हिड्ने र अहिले त्यही दस्तावेजका विरुद्ध बबन्डर मच्चाएकोप्रती टिप्पणी गर्दै धर्मेन्द्र-सुदर्शनले नेता बन्ने हैसियत समेत गुमाएको बताएका थिए।

दलाल संसदीय व्यवस्था चरम संकटमा परेकाले मक्किएको यो व्यवस्थाका विरुद्ध पार्टीले सचेततापुर्वक क्रान्तीलाई अघि बढाएको समेत नेता प्रदिपले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version