Site icon dailynewsrapti.com

जनपत्रकारहरुको विधागत प्रशिक्षण आजवाट शुरु


काठमाडौं। जनपत्रकार संगठन नेपालमा आवद्ध भइ काठमाडौ उपत्यकामा कर्मथलो बनायर विभिन्न मिडियाहरुमा काम गरिरहेका जनपत्रकारहरुको व्यवसायिक र क्षेत्रगत क्षमता अभिवृद्धि गर्न आजवाट आधारभुत पत्रकारिता तालिम तथा प्रशिक्षण शुरु भयको छ।जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश समन्वय समितिले काठमाडौको अनामनगर स्थिति सम्बाद चौतारीको हलमा प्रशिक्षणको शुरूवात गरेको हो।
आमसञ्चार माध्यमहरुको संख्यात्मक वृद्धि भए सङ्गै सञ्चार माध्यमहरुलाई मर्यादित र जिम्मेवार बनाउदै जनपक्षीय मिडियाकर्मिलाई अझ बढी दक्ष र योग्य बनाउन आबश्यक रहेको बेला काठमाडौमा शुरु भयको प्रशिक्षण कार्यक्रमको उद्घघाटन संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिश्वकर्माले गरेका थिए।आजबाट शुरुभयको प्रशिक्षण श्रावण महिनाका चार ओटै शनिवारमा गरिने र आगामी कक्षाहरुमा समाचार लेखन , अनलाईन पत्रकारिता सिद्धांत र अभ्यास, नेपालको कानुन र सञ्चार माध्यमहरु, सुचनाको हक सम्बधी कानुनी र संबैधानिक प्रावधान , फोटो पत्रकारिता तथा अन्य पत्रकारिता सम्बन्धि आधारभुत जानकारी गरिने कुरा आयोजक पक्षले हामिलाई जानकारी दियको छ।एक महिनाका चार ओटै शनिबारका लागि सञ्चालन गरिने प्रशिक्षण कार्यक्रमको अध्यक्षता उपत्यका प्रदेश संयोजक शोभराज बरालले गरेका थिए भने कार्यक्रमको सञ्चालन तथा स्वागत केन्द्रीय सदस्य साहास भट्टले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version