Site icon dailynewsrapti.com

अखिल(क्रान्तिकारी): विकट बस्तीमा बिधालय निर्माण,कर्णालीका भ्रष्ट प्रमुखलाइ कालोमोसो


भदौ ५,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रदेश प्रमुख धन बहादुर केसिलाइ कालोमोसो दलेर जनकारबाही गरेको छ।
आइतबार अखिल(क्रान्तिकारी)सुर्खेतले भ्रष्टाचारको आरोपमा प्रदेश प्रमुख केसिलाइ कार्यकक्षमै कालोमोसो दलेको जनाएको छ।

क्रान्तिकारीले प्रदेश प्रमुख केसिलाइ कार्वाही गर्नुको ६ कारणहरु बिज्ञप्ति मार्फत उल्लेख गरेको छ।

क्रान्तिकारीद्वारा जारी प्रेस बिज्ञप्तिमा मनोमानी ढंगले पुस्तक वितरण गरि पुस्तक व्यवसायीसंग करोडौं कमिसन खाएको,हुम्ला,जुम्ला,डोल्पा,कालिकोट र मुगु लगाएत दुर्गम जिल्लाको बिल बनाइ किताब सुर्खेतमा बितरण गरेको र ढुवानीबाट लाखौं कमिसन खाएको,शैक्षिक सत्र सुरु भएको ४ महिना बित्दापनी पाठ्यपुस्तक पुर्याउन नसकेको,सरकारी कार्यालयलाइ निजि पैत्रिक सम्पत्तीको रुपमा प्रयोग गर्ने र कार्यालयमा बिबाह ब्रतबन्ध जस्ता कार्यक्रम गरेको,मनोमानी ढंगले कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गर्ने र कर्मचारीलाई दासको व्यवहार गरेको,जनसेवा भन्दापनि शक्तिको आडमा सेवाग्राहीमाथी पक्षपातपुर्ण व्यवहार गरेको लगाएतका कारणसहित कार्वाही गरिएको बिज्ञप्तिमा उल्लेख छ।

यता अखिल(क्रान्तिकारी)ले भर्खरै धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा प्रज्वल स्मृति नमुना आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न गरि उद्घाटन समेत गरेको थियो।

च्यात्रा गाँउमा करिब २५ घरधुरी रहेका छ्न । गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेका छ्न।
अखिल (क्रान्तिकारी ) को आफ्नै लगानी, श्रमदान,दातासंगको सहयोग र स्थानीय पार्टी ,जनतासँगको सहकार्यमा ४ कोठे विद्यालय भवनको निर्माण सम्पन्न गरेको हो। उद्घाटन लगत्तै विद्यालयमा पढाई सुरु भएको छ । विद्यालयलाई आवश्यक फर्निचर, खेलकुद सामग्री र शैक्षिक सामग्री समेत अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य अनिल केसीले बताए । अहिले विद्यालयमा ३० जना विद्यार्थी भर्ना भएका छन ।

नेकपाका महासचिव विप्लवले उक्त उद्घाटन कार्यक्रम लाई अडियो सन्देश पठाएर उद्घाटन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version