Site icon dailynewsrapti.com

नेकपा तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ र १९ को संयुक्त तेस्रो भेला सम्पन्न


भदौ ९,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ को संयुक्त वडा भेला सम्पन्न भएको छ।

भदौ ८ गते बुधबार सम्पन्न तेस्रो संयुक्त वडा भेलाले तुलसीपुर-१८ को सेक्रेटरीमा देवराज विकलाइ चयन गर्दै ५ सदस्यीय वडा कमिटी चयन गरिएको छ।
यस्तै तेस्रो संयुक्त वडा भेलाले तुलसिपुर-१९ मा खिमा वलीलाई सेक्रेटरी चयन गर्दै १५ सदस्यीय वडा कमिटी चयन गरिएको नेकपाले जनाएको छ।

नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज विकाश,नेकपा दाङ जिल्ला कमिटी सदस्य धर्ती,राष्ट्रिय कर्मचारी महासंघ नेपालका केन्द्रीय सदस्य नर वहादुर रोका,अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य तथा दाङका संयोजक रेखा रोका,नेकपा तुलसीपुर-१९ का सेक्रेटरी खिमा वली,अनेमसंघ क्रान्तिकारी जिल्ला कमिटी सदस्य कमला केसि,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका जिल्ला कमिटी सदस्य संकल्प,अखिल नेपाल किसान महासंघ दाङ जिल्ला सदस्य राम वहादुर रावत,श्रमिक समुदाय मोर्चा नेपाल दाङका जिल्ला कमिटी सदस्य देवराज विकको आतिथ्यमा भेला सम्पन्न भएको थियो।

नेकपा तुलसीपुर-१९ का इन्चार्ज खड्ग बहादुर वलीको अध्यक्षतामा भएको भेलाको सहजीकरण मगर मुक्ती मोर्चा नेपाल दाङका अध्यक्ष सेबेन्द्रले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version