Site icon dailynewsrapti.com

विप्लव निकट अखिल(क्रान्तिकारी) बर्दियाद्वारा नगर शिक्षा प्रमुख खनालमाथी कालोमोसो दलियो


असोज ६, बर्दिया : नेकपा निकट अखिल (क्रान्तिकारी) बर्दियाले मधुवन नगरपालिका शिक्षा प्रमुख नारायण प्रसाद खनाललाई जनकारबाही गरेको छ।

अखिल (क्रान्तिकारी) जिल्ला समिति बर्दियाले मधुवन नगरपालिका शिक्षा शाखा प्रमुख खनालले मनोमानी ढंगले शिक्षक नियुक्ति सरुवा बढुवा लाखौं कमिसन असुली गरेको र कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गरेको आरोपमा कालोमोसो दलेर जनकारबाही गरेको हो ।

अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेलले एक बिज्ञाप्ती जारी गरि मनोमानी ढंगले साउन २६ गते सुक्र माध्यमिक बिधालयमा बिषयको शिक्षक नियुक्ति गर्दा दक्ष प्रतिस्पर्धी हुदाहुदै शिक्षा प्रमुखले आफ्नो मेडमको नाम निकालेको र प्रश्नपत्र टाइपिङ गर्दा विद्यालयको कम्प्युटर शिक्षकले गर्नुपर्नेमा शिक्षा शाखामा प्रश्नपत्र टाइपिङ गरेको र विशेषज्ञको प्रश्नपत्र भन्दा फरक गरिएको आरोप लगाएको छ।

उतर पुस्तिकामा कोडिड- डिकोडिङ नगरिएको र उतर पुस्तिका परिवर्तन गर्ने वातावरण मिलाइएको साथै परिक्षार्थिको हाजिर नगरिएको,आफ्नो गल्ती ढाकछोप गर्न सुक्र मा. वि. मा आफ्नो मेडमको नियुक्ति नगरी शिक्षा ऐन विपरीत तत्काल अर्को विद्यालयमा सरुवा गरेको कारण उल्लेख गरिएको छ।
शिक्षा शाखाबाट विद्यालयमा बजेट बिनियोजन गर्दा कमिसन केन्द्रित गरेको र मनोमानी ढंगले कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गर्ने र कर्मचारीलाई दासको व्यवहार गरेको, जनसेवा भन्दापनि शक्तिको आडमा सेवाग्राहीमाथी पक्षपातपुर्ण व्यवहार गरेको लगाएतका कारण सहित कार्वाही गरिएको बिज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version