Site icon dailynewsrapti.com

संसदीय व्यवस्थाको चुनावले श्रमजीवी जनताको अधिकार स्थापित गरेको इतिहासमा छैन: ३ कम्युनिस्ट पार्टी

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीसहित ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको चुनाब नाटक मञ्चन मात्र भएको बताएका छन् । आईतबार कमलादीस्थित चुनाब खारेजी सम्बन्धि पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै, ३ कम्युनिस्ट पार्टीले उक्त कुरा बताएका हुन् ।

प्रकाण्डले, दलाल संसदीय ब्यबस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने बताए । अहिलेको चुनाब जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएका कारण जनताको प्रतिनिधिभन्दा दलालहरु चुनिएर आउने भएको करण जनहितको कामभन्दा दलालहरुले आफ्नो स्वार्थ पूरा गर्ने ध्याउन्नमा लागेको कारण दलाल संसदीय ब्यबस्थाको चुनाबलाई खारेज गर्ने बताए ।

उनले, संसदीय ब्यबस्था र चुनाबले श्रमजीविको अधिकार स्थापित गरेको इतिहास नभएको बताए । ‘संसदीय ब्यबस्था र चुनावले श्रमजीविको अधिकार स्थापित गरेको इतिहासमा छैन, त्यस कारण यो चुनाबलाई नाङ्गो बनाएर खारेज र बहिस्कार गर्छौं ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले कुनै पनि हालतमा जनवादबिरुद्धको संसदीय चुनावलाई बैधानिकता नदिने बताए । उनले, अहिले संसदीय ब्यबस्था नै कम्युनिस्टहरूको ब्यबस्था जस्तो भएर आएको बताए । चुनावले कुनै पनि मुल्यमा जनताको अधिकार र राष्ट्रियता रक्षा गर्न नसक्ने भएको कारण चुनाब खारेज गर्नुपर्ने बताए ।

त्यस्तै, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव बिश्वभक्त दुलाल ‘आहुती’ले ४ मंसीरको निर्वाचन नाटक मात्र भएको बताए । पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै चुनाबी नाटकलाई खारेज गरेरै छोड्ने बताए । राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गर्ने गरेको बताए । ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले ससक्त चुनाब खारेजीको कर्यक्रम पनि सार्बजानिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version