Site icon dailynewsrapti.com

नेकपा एमालेका प्रदेश सचिवालय सदस्यसहित ६५ जना विप्लव नेकपामा ध्रुवीकरण

कास्की । पोखरामा भएको चुनाव खारेजी तभा भण्डाफोर सभामा विभिन्न पार्टीबाट नेकपामा ध्रुवीकरण भएका छन् ।नेकपा एमालेको गण्डकी प्रदेश सचिवालय सदस्य सन्तोस परियार ,प्रदेश सदस्य बिकास सुनार, कास्कीका स्वतन्त्र बामपंथी अगुवा गोविन्द शर्मा, अखिल नेपाल सिलाई संघका केन्द्रीय सदस्य टंक नेपाली, स्वतन्त्र युवाहरु केदार श्रेष्ठ, सागर पहारी ,टेक बहादुर ओली, राजकुमार घालान, किरण सापकोटा , अर्जुन तामाङ, भिम चर्माकार, दिलिप पोखरेल, विशाल मगर, हेम श्रेष्ठ, चन्द्र राई लगाएत ६५ जना नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकरण भएका छन् ।कास्कीको पोखरामा भएको चुनाव खारेजी तथा भन्डाफोर सभामा पार्टीका प्रवक्ता प्रकाण्ड सीले माला लगाएर पार्टीमा स्वागत गरेका थिए भने पार्टी प्रवेश गर्नेहरुको तर्फबाट सन्तोष परियारले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version