Site icon dailynewsrapti.com

दाङमा पार्टी पुनर्गठन दिवसको अवसरमा युवा , बिद्यार्थी र जनपत्रकारबिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सुरु

मंसिर ९ , घोराहि । नेपाल कम्युनिस्ट पार्टी दाङ निकट जनवर्गीय संगठनको आयोजनामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता सुरु भएको छ ।
पार्टीको नवौं पुनर्गठन दिवसको अवसरमा आज घोराहीमा पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ , अखिल (क्रान्तिकारी) दाङ र जनपत्रकार संगठन नेपाल दाङबिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सुरु भएको हो ।

मैत्रीपुर्ण भलिबल प्रतियोगिताको उद्घाटन नेकपा घोराही उपमहानगर कमिटीका सेक्रेटरी महानले गर्नुभएको हो ।

मैत्रीपुर्ण भलिबल प्रतियोगितामा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य द्वय हेमन्त प्रकाश वली र जंग बहादुर रेउले , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङका संयोजक दिनेश सी , युवा संगठन नेपाल दाङका सचिव पदम सी लगाएतको उपस्थिति रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाएको बताएको छ। २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version