Site icon dailynewsrapti.com

एकिकृत जनक्रान्तिमा महिलाको भुमिका महत्वपुर्ण छ : प्रकाण्ड

एकिकृत जनक्रान्तिमा महिलाको भुमिका महत्वपुर्ण रहेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सि ले बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अखिल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रकण्डले सो कुरा बताएका हुन् ।

समाजवादी क्रान्तिमा महिलाको औचित्यलाई औँल्याउँदै पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा महिलाहरुको सहभागिता अनिवार्य भएको प्रवक्ता प्रकाण्ड ले भने । महिला आन्दोलन लाई नयाँ दिशा र स्वरूप दिनको लागि नेकपाले नयाँ संश्लेषण सहित नीतिहरु अघि सारेको, उनले बताए । नेपाली समाजमा जीवित रहेको पुरुषवादी सोचका कारण विगत देखि महिलाहरुले विभिन्न अधिकार र क्षेत्रबाट वञ्चित रहनुपर्ने , अमानवीय व्यवहारको सिकार बन्नुपर्ने वर्तमान समय को जुन परिस्थिति छ यी सबै असमानताको अन्त्य वैज्ञानिक समाजवादमा हुने उनले बताए ।

अहिलेको समाजलाई नयाँ व्यवस्था तिर लैजानका लागि महिला समुदायलाई क्रान्तिमा जोड्न आवश्यक रहेको बताउँदै, नेपालको वर्तमान संसदीय व्यवस्थाको संविधान र कानुनमा जतिसुकै समानुपातिक र समावेशिताको नारा दिए पनि यो व्यवस्थाका सञ्चालकहरुले त्यो मुद्दालाई व्यापारको विषय बनाएको र आफ्नो स्वार्थमा उपयोग गरेको उनको भनाइ थियो । विगतको १० वर्षे जनयुद्धले महिलाहरुलाई चुलोचौको बाट विद्रोहको मोर्चा सम्म जोडेको थियो र पछिल्लो समय आन्दोलनमा भएको धोका सडयन्त्रले गर्दा फेरि महिलामा निराशा बढेको छ यो स्थितिलाई हाम्रो पार्टीले माथि उठाउन जागृत गराउन पर्ने भएको छ । यो विषयमा महिला संगठनले जोड दिनुपर्ने समेत उनले बताए । प्रमुख अथिति प्रकाण्डले भने ,“ हाम्रो पार्टीमा आबद्ध हुने महिलालाई क्षमतावान हुनुपर्ने बताउँदै समग्र क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्न महिला संगठन तयार हुनुपर्ने छ यसमा आबस्यक सहयोग गर्ने प्रतिबद्धता पार्टीको तर्फबाट छ ।”

महिलाहरुको विरासतलाई रक्षा गर्न महिला समुदाय आफै जागृत हुनुपर्ने अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु सि ले बताइन् । महिलाहरुले अधिकार मात्र खोज्ने नभई अधिकार लाई स्थापित र सुनिश्चित गरी जीवन्त बनाउनमा जोड दिनुपर्ने उनको भनाइ थियो। उनले भनिन्,“ विचारमा स्पष्ट भएर समस्या हैन समाधानलाई केन्द्रमा राखेर अगाडि बढ्ने महिला नेतृ बन्नु अहिलेको आबस्यकता हो ।”

बैठक संगठनकी अध्यक्ष बन्धु सि अध्यक्षतामा बसेको थियो भने अतिथिहरुमा पार्टी केन्द्रिय समिति सिलु सि , आस्था सि , विश्व क्रान्ति लगायत संगठनका केन्द्रीय समिति सदस्यहरूको सहभागिता रहेको बताएको छन ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version