Site icon dailynewsrapti.com

नेकपा नेता बास्तोला र पुर्व मन्त्री बिष्ट बिच भेटवार्ता


हेमन्त वली श्रावण-२९,दाङ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिबालय सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला(कंचन) र पुर्व मन्त्री लोकेन्द्र बिष्ट मगर बिच शुक्रवार भेटवार्ता भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको बिजौरी स्थित पुर्व मन्त्री बिष्टले संचालन गरेको ड्रागन फ्रुट फर्मको अबलोकन गर्दै समसामयिक राजनीतिक विषयबस्तुमा छलफल भएको बताइएको छ।

भेटवार्तामा नेता कंचनले संसदीय व्यवस्थाले नेपालको राजनितीक,आर्थिक,सामाजिक,सांस्कृतिक समस्याहरु हल गर्न नसक्ने भन्दै आफ्नो पार्टीले प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने नया कार्यनीतिक एजेन्डा अघि सारेको बताएका थिए।
पुर्व मन्त्री बिष्टले नेपाल कम्युनिस्ट पार्टी प्रती निकै ठूलो जनमत तयार भइरहेको भन्दै संगठन निर्माणमा जोड दिएर व्यवस्थाको विकल्प दिन निर्णायक संघर्ष गर्नुपर्ने धारणा राखेका थिए।

नेता बास्तोलाले नेपाल कम्युनिस्ट पार्टी दाङले आयोजना गरेको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमलाइ प्रशिक्षण दिन हिजो बिहिवार दाङ आएका थिए।
नेता बास्तोलाले नेकपा दाङले केही समय अघि कोरोना बिशेष अस्पताल बेलझुन्डीमा निर्माण गरेको कोभिड बिरामी कुरुवा प्रतीक्षालयको अनुगमन तथा निरीक्षण गरेको नेकपा दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version