Site icon dailynewsrapti.com

नेता आदर्श सीकि दिवंगत आमा टंकी कुमारीको नाममा अक्षयकोष स्थापना

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य चुडामणी वली ‘आदर्श सी’ की दिवंगत आमा टंकी कुमारी वलीको नाममा अक्षयकोषको स्थापना भएको छ । मंगलबार आफ्नै निवासमा ‘अक्षयकोष स्थापना भएको हो ।

पार्टी केन्द्रको निर्णय अनुसार र उपत्यका व्युरोको आयोजनामा मंगलबार तेस्रो दिन अक्षयकोषको स्थापना गरिएको नेकपाले जनाएको छ । उक्त कार्यक्रमको संचालन सुदर्शन सीले गरेका थिए ।

पोलिट ब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले भने ‘हिजोको धर्म संस्कृतिलाई पुजीवादले भ्रष्टीकरण गर्यो, हामीले नयाँ संस्कृतिलाई अहिले जोडबलका साथ सुरुवात गर्याैँ, भोलिका दिनमा यो संस्कृतिलाई सबैले मान्नुपर्ने अवस्था आउनेछ, पुरानो पुरातनवादी संस्कृतिलाई परिवर्तन गरि नयाँ सस्कृतिको विकास हामीले गरेका छौँ ।
उनले परम्पराअनुसार बाहुनलाई दान गर्ने पैसा आफ्नो बुवाको नाममा १ लाख ३० हजार राखेको र अहिले त्यसमा सबैले साथ दिंदा १५ लाखको कोष पुगेको बताए । आफुले नयाँ संस्कृति अबलम्बन गर्दा आफू एक्लै भएको र ठुलो चुनौती पनि भएको बताए । अहिले सबैले मान्नु भयो कोष पनि ठूलो भयो । पार्टीले यस्ता ठुला ठुला कोषहरुको स्थापना गर्ने तयारी गरेको पनि बताए । त्यसमा घाइते, बेपत्ता परिवार, सहिद परिवार लगायतलाई सहयोग हुने गरी गराउन सकिने उनको भनाई थियो ।

अर्का वक्ता वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संक्षिप्त कुरा राख्दै, ‘कम्युनिस्टहरुमा पनि पुजीवादी वर्गका कारण प्रगतिशील संस्कृतिमा ह्रास आएको बताए । आफुले पनि पुरानो संस्कृतिलाई तोड्दै नयाँ संस्कृतिलाई अबलम्बन गर्दै बाहुनलाई गर्ने दान बापतको पैसा १ लाख बुबाआमाको नाममा अक्षयकोष स्थपाना गरेको बताए । उक्त अक्षयकोषबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिइने गरेको बताए । वरिष्ठ अधिवक्ता भण्डारीले अक्षयकोषको सन्चालन र कानुनी प्रक्रियाबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग आमूल सी, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र सी, अधिवक्ता खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी, ललितपुर जिल्ला सेक्रेटरी विकास सी, काठमाडौं ५ को जिल्ला इन्चार्ज इच्छुक सी, सेक्रेटरी ध्रुब सी, काठमाडौं ६ को जिल्ला सेक्रेटरी राजु सी लगायत नेता तथा कार्यकर्ता र स्थानियको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version