Site icon dailynewsrapti.com

दाङको तुलसीपुरमा आगो आफ्नै कपडामा सल्किएर एक जनाको मृत्यु

तुलसीपुर । दाङमा गोरुलाई दाना पकाउने क्रममा आगो कपडामा सल्किदा एक जनाको मृत्यु भएको छ ।
शुक्रवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्दधारा निवासी ५८ वर्षीय बलिराज एरी शरिरमा आगो सल्किदा गम्भीर घाइते भएका थिए ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version