Site icon dailynewsrapti.com

रवि लामिछानेको सांसद पद खारेजको निम्ती पुनः सर्वोच्चमा रिट

काठमाण्डाै ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा फेरि दर्ता भएको छ । लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गरि पाउँ भनेर युवराज पौडेलले पेस गरेको रिट निवेदन बुधबार दर्ता भएको सर्वोच्चका अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

लामिछाने विरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले दर्ता गर्दै जेठ १७ गते पेसी तोकेको छ । रिटमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएका हुन्। यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनकाे सांसद र उपप्रधानमन्त्री एवम गृहमन्त्री पद गुमेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version