Site icon dailynewsrapti.com

क्यानलाई पत्र लेख्दै सन्दीपले भने ‘राष्ट्रिय टिमबाट अलग हुन्छु , पैसाको अभाव छ भुक्तानी पाउँ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ ‘क्यान’लाई पत्र लेख्दै राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन्। 

बलात्कार मुद्दामा दोषी ठहर भएपछि राष्ट्रिय लामिछानेले अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै आफू राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन्। 

आफू निर्दोष रहेको जिकिर गर्दै उनले अब न्याय नपाउँदा सम्म राष्ट्रिय टिमबाट अलग रहने बताएक हुन् । आफू जिन्दगीकै कठिन समयबाट गुज्रिरहेको भन्दै उनले क्यानलाई दुई पेज लामो पत्र लेखेका हुन् । 

क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  क्रिकेटबाट अलग भएको जनाउँदै उनले आफू आर्थिक रुपमा समेत कमजोर अवस्थामा रहेको भन्दै आफ्नो भुक्तानी समेत गर्दिनका लागि क्यानसँग आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्
Exit mobile version