Site icon dailynewsrapti.com

भोलिदेखि सुरु हुने टी २० सिरिजको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा 

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजका लागि टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो । विश्वकप छनोट खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो । तीव्र गतिका बलर राशीद खान, अनिल शाह, सागर ढकाल र आरिफ शेख टोलीमा थपिएका छन् ।

राशीद र सागरले नेपाल ए बाट खेलेका थिए । पिएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन् ।

ओडीआई टोलीमा नरहेका अभिनाश, विनोद, सन्दीप, विवेक, प्रतिश, राशीद र सागर पनि टि२० टोलीमा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
Exit mobile version