बैशाख २ , दाङ । राप्ती ब्युरोबाट प्रकाशन सुरु गरिएको नवीन विचारको नविनतम कोशेली ‘सी सपना’ त्रैमासिक पत्रीकाको पहिलो अंक नेकपाका महासचिव विप्लव सीलाई हस्तान्तरण गरिएको छ ।
शनिबार नयाँ वर्षको दिन शिवगढी कपिलवस्तुमा पत्रीकाको प्रकाशक नेकपाकी केन्द्रीय सदस्य सम्झना सी र पत्रीकाका व्यवस्थापक विकाश सीले संयुक्त रुपमा पार्टी महासचिव विप्लव सी , पार्टीका स्थायी समिती सदस्य रणविर सी , पार्टीका पोलिट्ब्युरो सदस्य सन्देश सी , केन्द्रीय सञ्चार विभाग प्रमुख दिनेश सीलाई पत्रीका हस्तान्तरण गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल शर्मा विरहीले केही समयअघि मात्रै सी सपना त्रैमासिक पत्रिकाको विमोचन गर्नुभएको थियो ।
नवीन विचार , राजनीति , उत्पादन , संस्कृति , साहित्य , शिक्षा , स्वास्थ्य र प्रविधिय विमर्शको नविनतम नारासहित प्रकाशित गरिएको सी सपना त्रैमासिक पत्रिकाको संरक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सी रहनुभएको छ भने पत्रिकाको प्रकाशक पार्टीकी केन्द्रीय सदस्य सम्झना सी रहनुभएको छ ।
त्यस्तैगरी पत्रिकाको सम्पादक मण्डलमा हेमन्तप्रकाश वली, जंग रेउले र टीका शर्मा रहनुभएको छ भने पत्रिकाको व्यवस्थापकमा पार्टीका राप्तीब्यूरो कार्यालय सचिव विकास सी रहनुभएको छ ।
सी सपना त्रैमासिक पत्रिकाको कार्यालय भने घोराही -१६ मा रहनेछ । हरेक तीन/तीन महिनामा प्रकाशन हुने पत्रिकाले पार्टीको विचारलाई स्थान दिने बताइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।