राप्ती ब्युरोबाट प्रकाशित ‘सी सपना’ पत्रीकाको पहिलो अंक महासचिव विप्लवलाई हस्तान्तरण

डेली न्युजराप्ती       २ बैशाख २०८१ ०७:५३ मा प्रकाशित     107 No Comments

बैशाख २ , दाङ । राप्ती ब्युरोबाट प्रकाशन सुरु गरिएको नवीन विचारको नविनतम कोशेली ‘सी सपना’ त्रैमासिक पत्रीकाको पहिलो अंक नेकपाका महासचिव विप्लव सीलाई हस्तान्तरण गरिएको छ ।

शनिबार नयाँ वर्षको दिन शिवगढी कपिलवस्तुमा पत्रीकाको प्रकाशक नेकपाकी केन्द्रीय सदस्य सम्झना सी र पत्रीकाका व्यवस्थापक विकाश सीले संयुक्त रुपमा पार्टी महासचिव विप्लव सी , पार्टीका स्थायी समिती सदस्य रणविर सी , पार्टीका पोलिट्ब्युरो सदस्य सन्देश सी , केन्द्रीय सञ्चार विभाग प्रमुख दिनेश सीलाई पत्रीका हस्तान्तरण गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल शर्मा  विरहीले केही समयअघि मात्रै सी सपना त्रैमासिक पत्रिकाको विमोचन गर्नुभएको थियो । 

नवीन विचार , राजनीति , उत्पादन , संस्कृति , साहित्य , शिक्षा , स्वास्थ्य र प्रविधिय विमर्शको नविनतम नारासहित प्रकाशित गरिएको सी  सपना त्रैमासिक पत्रिकाको संरक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सी रहनुभएको छ भने  पत्रिकाको प्रकाशक  पार्टीकी केन्द्रीय सदस्य सम्झना सी रहनुभएको छ ।

त्यस्तैगरी पत्रिकाको सम्पादक मण्डलमा हेमन्तप्रकाश वली, जंग रेउले र टीका शर्मा रहनुभएको छ भने पत्रिकाको व्यवस्थापकमा पार्टीका राप्तीब्यूरो कार्यालय सचिव विकास सी रहनुभएको छ । 

सी सपना त्रैमासिक पत्रिकाको कार्यालय भने घोराही -१६  मा रहनेछ ।  हरेक तीन/तीन महिनामा प्रकाशन हुने  पत्रिकाले पार्टीको  विचारलाई स्थान दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार