राष्ट्रिय स्वतन्त्र पार्टी सकटकाे डिलमा पुगेकाे छ । सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइसंग २ करोड मागेको अडियो बाहिरिएपछि पार्टीलाइ संकटमा पुर्याएका हुन् ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले २ करोड मागेको अडियो बाहिरिएपछि सांसद डा. ढाकाकुमार श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यका हैसियतले कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको छ ।
रास्वपाले सो विषयमा छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ । ’यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउनसमेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ,’ रास्वपाले निकालेको विज्ञप्तिमा भनिएको छ, ’साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.