मुक्तभूमिमा कमरेड विप्लवसंग अन्तरङ्गानुभूति-आधार सी

डेली न्युजराप्ती       २९ भाद्र २०८३ १०:४४ मा प्रकाशित     74 No Comments

कमरेड सविन सी र कमरेड विकाश सी दाङ्गवाट टुप्लुक्क मुक्तभूमिमा पुग्नुभयो । उहाँहरु पुग्दा रित्तोहात पुग्नुभएन । बरु उहाँहरुले तीनोटा गज्जवका बाख्राका पाठी साथमा लेराउनु भयो । मेरा नजर बाख्राका पाठीतिर पुगे । ती पाठीहरु लामकाने विकासे पो रहेछन । क्या राम्रा छ्याँकरी । मुक्तभूमि जनकम्युनमा शेयर राख्न पाईन्छ । यसको सामान्य विधि – “एकले थुकी सुकी, सयले थुकी नदी” (नेपाली उखान) अनि समाजवादी कार्यक्रमको अवधारणामा आधारित छ।

हालसम्म नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्टहरु किन दु:ख पाएका छन भने कम्युनिस्ट अर्थनीति कस्तो हुन्छ र यसलाई कसरी ब्यबहारिकरण गरिन्छ ? ब्यक्ति धनी , संस्था पिलन्धरे किन छन ?
धनीधनी “पा” निर्धनी गधाको ब्यबहार किन छ ?! हो यही अर्थ अन्तरविरोध हल गर्न एकीकृत स्वामित्वले जन्म लिएको छ । यो नयाँ अर्थविचारवाट प्रारम्भमै दुईखाले मान्छेहरु तर्सिएको अनिभूत हुन्छ – १) दलाल पुँजीवादी / साम्राज्यवादीहरु (जो अनुउत्पादनशील मरुभूमि खडा गरेर रकमी खेती गर्छन तर श्रमको अतिरिक्त मूल्य शोषण गर्छन ) २) विचारहिन लम्पटहरु ( जो शारीरिक श्रमलाई घृणा गर्दछन तर सानसौगातको प्यासी हुन्छन र दलाल पुँजीवाद / साम्राज्यवादको खेलौना बन्न पुग्छन )

यो विश्वव्यापी समस्या अर्थात भूमण्डलीकृत पुँजीवादी समस्यालाई एकीकृत स्वामित्व प्रणालीले हल दिएको छ। नीजि र संस्थागत स्वामित्वलाई एकीकृत रुपमा ब्यबहारिकरण गर्ने। यो नै वैज्ञानिक र जीवन्त नयाँ अर्थ प्रणाली हो । यसमा संस्थागत प्रतिबद्धता र ब्यक्तिगत स्वतन्त्रताको द्वन्द्वात्मक सम्बन्ध अन्तरनिहित हुन्छ । यो भौतिकवादी विश्व दृष्टिकोणमा आधारित छ ।

उसोभए के हो त संस्थागत स्वामित्व र ब्यक्तिगत स्वामित्वको द्वन्द्ववाद ?
यो ब्यक्तिको स्वतन्त्र चिन्तन र संस्थागत प्रतिबद्ध चिन्तनबीचको अन्तरकृयात्मक अन्तरसम्बन्ध हो । त्यहाँ स्वतन्त्रता र प्रतिबद्धता एकापसमा बहुआयामिक गतिमय संघर्षमा उन्नतिकरण अर्थात प्रबलिकरणका साथ विकास गर्न पुग्दछन ।
अनि के हो त तिनको भौतिकवाद ?
ब्यक्तिगत र संस्थागत स्वामित्वको भौतिकवाद भनेको अनुभवहरुको केन्द्रीकरण हो । जो नयाँको अभिब्यक्ति उन्नत तार्किक शक्तिमा बदलियोस । तसर्थ यो अर्थ विचार द्वन्द्वात्मक भौतिकवादमा आधारित छ । यसरी हामीले एकीकृत स्वामित्वलाई चिन्तनको द्वन्द्वात्मक भौतिकवादको कोणवाट हेर्‍यौं । अब यसलाई समाजको द्वन्द्वात्मक भौतिकवादको कोणवाट हेर्‍यौं भने , त्यहाँ समाजवादी उत्पादन सम्बन्ध भेटिन्छ , जसमा वैचारिकी र नीतिगत चुम्बकीय गतिशक्ति स्वचालित भैरहेको छ । मुल नेतृत्वले नै त्यसको प्रत्यक्ष परिक्षपण गरिरहेको छ । सिध्दान्तलाई ब्यबहारको कसीले उज्याईरहेको छ । अनि त्यही चुम्बकीय गतिशक्तिका कारण ब्यक्ति संघटक अंगको रुपमा केन्द्रीकरण भैरहेको छ । र सचेतरुपमा चित्तप्रसन्नताका साथ आ-आफ्नो अनुभवीय कौशल ,सिर्जनशिलता अनि सामुहिक पौरखी पहिचानयुक्त श्रमको उर्जा लगानी गरिरहेको छ । त्यसको परिणाम मुक्तभूमिले एउटा समाजवादी समाजको उदाहरणीय आकार ग्रहण गर्दैछ । प्रत्येक आगन्तुकका अनुभवहरु त्यहाँ संकेन्द्रीत भैरहेका छन । यही हो समाजवादी समाजको भौतिकवाद । अनि त्यहाँ संघर्षका प्रारुपहरु पनि गतिवान भैरहेका छन । आफैभित्रका चिन्तनरुपी वर्गहरु एकापसमा लडिरहेका छन । के गरम र कसो गरम अर्थात मनस्पटलमा उथलपुथल भैरहेको छ । परन्तु , अहिले निर्माणको वर्गसंघर्ष ( building class struggle ) छ । यो पुरातन चिन्तन र नुतन चिन्तन बीचको आत्मसंघर्षको अबस्थामा गुज्रीरहेको छ । यसले धेरथोर अनपेक्षित अन्तरसंघर्ष पनि पैदा गर्‍यो । त्यो अन्तरसंघर्ष दुई प्रकारको प्रबृतिमा देखा पर्‍यो । १) माटोलाई मुटुभन्दा प्यारो मान्ने ! २) माटोलाई मुटुभन्दा गाह्रो ठान्ने !

दोश्रो प्रवृति पलायनवादी अराजकता र गुटगत विसर्जनको यात्रा तय गर्न उद्धत रह्यो । त्यसको शैली सत्तोसराप अनि ब्यक्तिगत चिथोरकोपरमा देखा पर्‍यो । त्यसको ओप्रेशन छिट्टै भएकाले खासै असर भने गर्दैन । परन्तु , स्वप्नील समाजमा भ्रमित ढोलभने पिट्छ , अकम्युनिस्ट झैं धुम्म बसिरहेमा । धमिलो पानीमा माछा मार्न पल्केकाहरुलाई धेरथोर मौका दिनुमा आफ्नो क्षमता , चातुरियता ठान्दै आनन्दीत हुन्छ उक्त प्रवृती। रीसको झ्वाकमा मनुवाले बेद पढ्दैन रे । कुनै समयमा त्यो बाह्य वर्गसंघर्षको रुपमा ब्यक्त हुन सक्छ । यसलाई भनिन्छ समाजवादी समाजको द्वन्द्ववाद । यो कुनै पनि समाजको चालक शक्ति पनि हो ।

अर्को , “प्रकृति”को सामान्य द्वन्द्वात्मक भौतिकवादी कोणवाट हेर्‍यौं भने , त्यहाँ हामी पदार्थ भेटाउछौं । हामी टन्टलापुर गर्मीको समयमा खेतको बन्जड फोड्दै थियौं , हेर्दाहेर्दै आफ्नो समयक्रममा धानको हरियाली झपक्क देखिन्छ । यही हो प्रकृतिको भौतिकवाद । अर्थात पदार्थ ( अंकुरणयुक्त बिज ) नै प्रकृतिको भौतिकवाद हो । त्यो अंकुरणयुक्त बिजमा गतिशक्ति छ । त्यही गतिशक्ति नै प्रकृतिको द्वन्द्ववाद हो ।

यो नयाँ अर्थ विचारमा अनिश्चय – संभाब्यता- रक्षा- रुपान्तरण पनि प्रष्ट देख्न सकिन्छ ।
यसले कसबेला घटनाको रुपधारण गर्ला ? लाक्षणिक अनुमान गर्न सकिन्छ , परन्तु , समय निर्धारण अनिश्चय हुन्छ । ती घटना दुईखाले नै हुने भए ।- १) धनात्मक २) ऋणात्मक । संभावना दुबै हुन्छ । यहीनेर घटनाभन्दा परिणाम ऋणात्मक देख्नेहरु निम्नस्तरको चेतनाको यात्रा तय गर्न पुग्ने भए । त्यो यात्रा भनेको सामन्तवादी , पुजीवादी, दलालपुँजीवादी अर्थयात्रा हो । जसले समाजवादी अर्थनीति निर्माण असंभव देख्दछ । अर्को उच्च स्तरको चेतनाले अनिश्चय घटनालाई सचेततापूर्वक समाजवादी अर्थ प्रणालीको संभाब्यतामा बदल्न निरन्तर पहलकदमीको चक्रीय प्रणाली तय गर्ने भयो । त्यो उच्च स्तरको चेतना भनेको साम्यवादी चेतना हो । जो नेतृत्वमा विध्यमान हुन्छ । तसर्थ अनुसन्धक नेतृत्व कहलिन्छ । यसको भेउ नपाउने चेतना पछितिर फर्किहाल्छ । हो त्यही हो अन्तरसंघर्षको दुर्वल पक्ष । त्यो दुर्वल पक्ष रुपान्तरण हुनुको सट्टा बाहिरतिर फर्केर अरुको आडमा प्रबलता आर्जन गर्ने कसरत गर्न पुग्छ । पार्टीभित्रका अर्थवादी प्रबृतिको रुपान्तरण वा शुद्धिकरण गर्न मुक्तभूमि जनकम्युनले प्रयोगशालाकै कार्यकुशलता प्रदर्शन गरिरहेको छ ।

हो, तसर्थ निरन्तर हाम्रो शुत्र बन्नुपर्दछ , हामी सबै चक्रीय रुपमा मुक्तभूमिमा जाऔं र आ-आफ्नो सिटीस्क्यान गरौं।

हाम्रो अनिश्चय हाम्रो संभाब्यता हाम्रो रक्षा हाम्रो रुपान्तरणको भेउ भेटाउनेछौं । कुनै पनि स्वनिर्णय लिंदा चेतना र चिन्तनको निम्नस्तर वा उच्चस्तर थाहा लाग्छ । यसवातमा कमरेड सविन सी , कमरेड विकाश सी अब्बल कहलिनु भयो ।

उहाँहरुसंग कामको लय मिल्यो । हामीले जुन काम पनि मनसुवाका साथ गर्‍यौं । बाख्राको गुवालो ( गोठालो ) गर्‍यौं । हामी सानो भएको , पाखे भएको अनुभूत गरिनौं । बरु हाम्रो अग्रजहरु ( पुर्खा ) को पौरख सम्झ्यौं। यो नै हाम्रो विशेषता हो । धरातल हो ।
कमरेड सविन सीलाई देख्दा भरोसा लाग्ने अनि कमरेड विकाश सीसंग काम गर्दा सकारात्मक उर्जा संवहन हुने । जब लयबद्ध कार्ययोजना लागू हुन्छ ,त्यसको परिणाम हेर्नलायक उदाहरणीय धानबाली ।

प्रथम जग्गा धनी पुर्ख्यौली सम्पतिका मालिक पनि रोपाईमा सकृय सहभागी हुनुहुन्थ्यो । उहाँहरु दङ्गदास पर्नु भएको कुरा मुखफोरा हामीलाई सुनाउनु भएको थियो । “हामीले यति मेहनत गरिनौं” भन्दै हुनुहुन्थ्यो । उहाँहरु यतिबिधी खुशी देखिनु हुन्थ्यो कि जग्गाले सम्मान र इज्जेत पायो रे । पार्टीले किनेको जग्गा बाँझिने होला । काम गर्ने मानिस कहाँ होलान र पार्टीमा ?! डुलेर ज्युँ पाल्न पल्केका । कस्तो दुख्ख लुकाईलुकाई बाध्यताले बेच्दैछौं । एउटा विप्लवले कोदालो खनेर के खेती होला र ?! उहाँहरुको चिन्ता थियो । तर उहाँहरु अहिले चित्तप्रसन्न हुनुहुन्छ ।
छोराछोरी कोही तराईवासी , कोही शहरीया हुँदा यहाँ कसले पो जग्गा जोत्ने र ! हामी डाँडामाथिको घाम हुँदैछौं । आजकलका युवायुवतिहरु टिकटकमा झुण्डिरहन्छन । खै तिनीहरुको दिमागमा खेतवारी छ होला र ?! यस्तो छ कहर काट्डै , पहर फोड्दै आत्मनिर्भरतामा जीन्दगी बाँचेका पौरखीहरुको सुस्केरा मिश्रीत तितो सत्य । क्रमश :

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार