बालेन पराकम्पले खोजेको वैकल्पिक राजनीति:सबिन पोखरेल

डेली न्युजराप्ती       २३ असार २०७९ १४:१० मा प्रकाशित     523 No Comments

बिचार:सबिन पोख्रेल,नेकपा केन्द्रीय समिती सदस्य
नेपालको राजनीतिमा धेरै पटक बैकल्पिक राजनीतिको बहस चल्दै आइरहेको छ।विकल्पको बहस चलिरहदा समाज धुर्बिकरणको बेजोड प्रक्रियामा प्रवेश गर्दछ। जस्को प्रभाव भिभिन्न राजनीतिक पार्टीहरुमा समेत पर्दछ । धुर्बिकरणका प्रक्रियाहरु लगातार चलिरहेकै हुन्छन् ।यो प्रक्रिया कहिले तिब्रतामा चल्छ त कहिले निकै मन्द गतिमा चलिरहेको हुन्छ ।मुख्य कुरा गठन ,पुनर्गठन फुट बिभाजन एकता र धुर्बिकरण कस्तो बिचार र नारामा हुन्छ ,त्यसले मानव जीवनलाई कुहिरोमै अल्मल्याउछ कि, उज्यालो प्रकाश दिन्छ नागरिकहरुले यस्लाइ नियाली रहेका हुन्छन् । अग्रगामी विज्ञान सम्मत गतिशील चेतनाका एजेन्डाले नागरिकको उज्यालो भबिस्य बोकेर आएका हुन्छन् भने ,पस्चगामी बिचार र नाराले समाजलाई प्रदुषित भ्रमित र अन्योलग्रस्त मात्र बनाउछ्न।साबिकमा चलिरहेको सरकार र ब्यबस्थाले जनजीवन लाई उज्यालो दिन सकेन भने नागरिकको सबै तह र तप्का विकल्पको खोजीमा लागि हाल्छन।
समसामयिक दुनियाँका नयाँ चुनौती को सामना गर्ने सैद्धान्तिक राजनैतिक, आर्थिक, सास्कृतिक अनि सामाजिक सामार्थ्य संगालनको लागि नविन ढंगले सोच्न सक्ने गरि पार्टी र नेतृत्वको चमक खोजी रहेको नेपालको राजनैतिक आन्दोलनले फेरि अर्कोपटक बैकल्पिक राजनीतिको भरसायोग्य विकल्पको खोजी अभियान लाई तिब्र पारेको छ।
१.पार्टी गठन, फुटबिभाजन र विकल्पको प्रश्न:
राजनैतिक, सामाजिक ,आर्थिक अन्तरविरोध लाई हल गर्न नेतृत्वदायी भुमिका निर्बाह गर्न पार्टी संगठनको जरुरी पर्दछ ।वि.स.१९९६ देखि नै नेपालमा विभिन्न विचारधारामा आधारित पार्टी निर्माण, फुट बिभाजन एकता धुर्बिकरण को प्रक्रियाले नेपालको राजनीतिक आन्दोलन आशा र निराशाको प्रवाहमा उभिएको छ ।यो लम्बे अभियानमा प्रजापरिषद,काग्रेस,कम्युनिस्ट का विभिन्न घटक ले विभिन्न कालखण्डमा राजनीतिक क्रान्तिको नेतृत्व गर्दै आएको सत्यलाई भने आजको पुस्ताले गम्भीरतापुर्वक ग्रहण गर्न सक्नु पर्दछ ।
नवउदारबादी बिचारको अनुयायी भएर दलाल पुजीवादको संरक्षक बनिसकेपछि पनि निर्लज्जतापुर्बक आफुलाइ अझै कम्युनिस्ट काग्रेस भन्दै सवैले समाजवादको गीत गाइरहदा पार्टीहरु प्रतिको आकर्षण होइन वितृष्णाको ठुलो पहाड्नै खडा भएको तथ्य कतै छिपेको छैन ।
किम्बदन्ती र मिथक लाई आदर्श बनाइ सकेर पनि माक्र्सवाद र समाजवादको नक्कली गीत गाइरहेका विभिन्न पार्टी / समुहले कम्युनिस्ट शव्दको दुरुपयोग गरिरहेकै छन । अर्कोतिर सनातनी कम्युनिस्ट गीत गाइरहेका पार्टी /समुहहरुले पनि मानिसहरूको आकर्षण आफुहरु प्रति नदेखिएको यथार्थ आत्मसात गरेको देखिदैन ।प्रजातन्त्र ,समाजवाद र राष्ट्रवादको नारा भट्याउने काग्रेसको नव उदारवादी अर्थराजनितिले शिक्षा स्वास्थ्य जस्ता सेवालाई समेत वजारको किनवेचको वस्तु बनाउदा निम्तिएको पिडा र छट्पटी शान्त हुने कुनै संकेत छैन ।
भ्रष्टाचार ,कालावजारी ,बेरोजगारी ,गरिबी असमानता जस्ता अनेकौं समस्याको चर्को मारमा परेको नेपाली समाज फेरि अर्को पटक बैकल्पिक राजनीतिको बहसमा झोकिएको हो।
वितृष्णा र निराशाको जोखिम वेहोरिरहेको नेपालको राजनितिलाइ पुनर्जीवन दिने कुरा चुनौतीपूर्ण भएपनि विभिन्न पार्टी /समुह,व्यक्तिले वैकल्पिक राजनीति र शक्ति को पैरवी गर्दै आएका छन् ।विवेकशील साझा ,वावुरामको नयाँ शक्ति ,विप्लव नेकपा ,स्थानीय चुनावमा उदायका वालेन हर्क साङ्पाङ र स्वतन्त्र पार्टीको नाममा प्रकट भएका रवि लामिछानेहरु एक दशक यताका ताजा उदाहरण हुन् ।वैचारिक र संगठनात्मक धरातल फरक फरक भएपनी सवैको महत्वाकांक्षा वैकल्पिक राजनितिको नेतृत्व गर्ने देखिन्छ ।यो प्रक्रियामा विबेकशिल साझालाई विसर्जन गर्न पुगेका छ्न यसकै नेता रविन्द्र मिश्रले ,नयाँ शक्तिलाई पुरानै शक्तिमा मिसमास गरेर आफ्नो अस्तित्व धान्न कठिन सघर्ष गर्न विवस छन डाक्टर भट्टराई ।विप्लव नेकपामा देखिएको फुट पछि विकल्पको आशामा वसेका नागरिकहरूको अन्तरमनलाइ निराशाका प्रश्नले घच्घच्याएको छ। पुजीवादी वैचारिक धरातलका रविले रुपवादी र भाववादी नारामा स्वतन्त्र पार्टीको वकालत गर्न पुगेका छन् ।
जनताको अप्ठ्यारो दैनिकीलाई सरल बनाउन बिभेदकारी व्यवस्थाको आमूल परिबर्तनमा अर्जुनदृस्ठि लगाउनु अग्रगामी राजनितीको मुख्य जिम्मेवारी हो।सपना मात्र कोरलि रहने आदर्शले मात्रै पनि जनजीवन बदलिदैन ।बरु यस्तो राजनीति पनि , राजनीतिक दोहनको अर्को उपक्रम मात्र बन्न पुग्छ । चर्को प्रचारवाजी गरेर अर्को पुजीवादी रवाफ कायम गर्ने व्यक्तिवादी राजनीतिलाई विकल्प देख्ने संक्रामक रोग पनि कम खतरनाक छैन ।
अनेकौं प्रश्न र वहसका बीच समयले तेर्साएका जटिल प्रश्नको जवाफ दिदै विस्वास र भरोसा निर्माण गर्न नयाँ विचार, राजनीति ,संगठन र संस्कृतीको जरुरी भैसकेको छ । यस्तो भरपर्दो आधारविना भावनात्मक उत्तेजना र गफले मात्र रवि लामिछाने जस्ताको पार्टी वैकल्पिक शक्ति वन्ने कुनै आधार छैन ।
२.विकल्पको चुनौतीमा, संभावनाको खोजी:

पुजिवादको विस्वब्यापिकरणले जसरी चरम आर्थिक असमानता सिर्जना गरेको छ,त्यो दिगो हुन सग्दैन भन्ने आम बुझाइ बलियो हुदै गइरहेको छ । पुजीवादले मानिस सामाजिक प्राणी हो भन्ने तथ्यलाई उल्टाएर मानिस द्रव्यपिचासी जीव हो भन्ने कुरालाई स्थापित गरिदिएको छ ।सम्पुर्ण बिश्व व्यवस्थाको मुल द्वन्द नै सामाजिक जीत कि ब्यक्तिगत जीत भन्नेमा छ ।सामाजिकता नस्ट हुदै व्यक्ति सत्ता नै निर्णायक हुने स्थितिमा कसै गरे पनि सुबिधा, सुख र आडम्बरको संग्रह गर्न र त्यसको लागि जस्तोसुकै आर्थिक नैतिक या सांस्कृतिक पतनलाइ सहि ठहर्‍याउने पुजीवादी चिन्तन प्रणालीले सिङ्गो मानव जातीलाइ आजित बनाइरहेको छ।
बिकास र समृद्धिको कुरा गरेर कहिल्यै नथाक्ने पुजिवादले मानव जातीलाइ दिन्दिनै अभावको दुष्चक्रमा फसाइ रहेको छ भने ,पुजीवादको विकल्पमा आएको समाजवादले जुन विकल्प दिएको थियोे त्यसको प्रयोग दिगो नहुदै विघटन हुन पुग्यो ,जस्ले गर्दा पुजीवादी धारा हौसिदै आएको हो।यस्तै धर्म र परम्पराका नाममा राजनीतिक उद्योग चलाउनेहरुले संचालन गर्ने आन्दोलन र कथित विकल्प ,मसानघाटमा खरानी भइसकेको राजतन्त्रको प्रेत आत्म, ब्युझाउन खोज्ने अबैज्ञानिक कुरा आजको बैज्ञानिक युगमा पनि चलिरहेकै छ ।अनि बिचार र एजेन्डामा कतै पनि उज्यालो नदेखिने तर आफुलाइ बैकल्पिक राजनैतिक शक्तिको उपमा दिएर जनताका भाबनात्मक उत्तेजना र तर्क सापटी लिएर पार्टी बनाउने र चलाउने होडबाजीले नेपालको राजनीतिक वायुमण्डल गर्माएकै छ। साझा बिबेकशील हुँदै पछिल्लोपटक रवि लामेछानेहरुले वैकल्पिक राजनीतिको भजन गाएर लाभ लिने प्रयत्न गरिरहेका छन ।तर पुजीवादी सिद्धान्तका दास वनेर रुपवादी र भावबादी नारा लगाउदैमा निकासको नयाँ विकल्प रवि लामिछानेहरु हुनै सक्दैनन् । यीत पतनशील संसदीय व्यवस्थाका नयाँ अवतार मात्र वन्ने हुन ,नवउदारवादको नयाँ जागीरे त झन हुँदै हुन् ।जहाँ सम्म हर्क र वालेनहरुको कुरा छ वर्तमान राजनीतिक व्यवस्था ,पार्टी र तीनका नेताहरू प्रतीको वितृष्णा लाइ जनताले व्यालेट विद्रोह मार्फत विकल्प छान्ने निधो गरेका हुन् ।
दलदलमा फसिरहेको मानव जीवनलाई उकासेर नयाँ भबिस्य देखाउने बिचार र एजेन्डा मात्र मानव जातीको उदाउँदो विकल्प हुन सक्छ ।सुखि सामाजिक ,आर्थिक सास्कृतिक जीवन यापन गर्न सक्ने राजनैतिक प्रणाली मात्र नयाँ विकल्प हुनसक्छ ।
यो कुरा वुझाउनै पर्दछकि, पुजीवादी व्यवस्थाले बिकास र समृद्धिका अनेकौं सुचाङ्कले मानिसहरुको टुप्पी छोपे पनि मानव मानव बीचको विभेद अन्त्य गर्न सकेन ,बिभेदको खाडल दिन दुईगुना रात चौगुणाका दरले बढिरहेको छ। समाजवादका केहि सामाजिक आर्थिक एजेन्डा चोरेर , आफ्नो शरीर बचाई रहेको पुजीवादको मस्तिष्क भने ´स्ट्रोक भइसकेको छ ।समाजवादको मस्तिष्क पुजीवादको टाउकोमा प्रत्यारोपण गर्न सम्भब छैन ।स्ट्रोक ´भएको पुजीवाद को विकल्प, कोमामा जादै गरेको पुजिवाद किमार्थ हुदैन ।बरु दुनियाँका अनेकौं समस्या लाई सहि ढंगले खोजतलास गर्नसक्ने ,समस्याको कारण पहिचान गर्दै सम्भावनाको नयाँ विकल्प खडा गर्न सक्ने माक्र्सवादी बिचार र यसवाट निर्देशित राजनैतिक प्रणाली बैज्ञानिक समाजवाद नै दुनियाँ को सबभन्दा चम्किलो विकल्पको रुपमा उपस्थित छ।यस्तो उर्जाशील र गतिशील विकल्पका नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ।
पुजिवादले निम्त्याएका हजारौं चुनौतीलाई शाहस पुर्बक पन्छ्याउदै नयाँ विकल्पको खोजीमा छट्पटीरहेको मानव जातीलाइ सम्मान पुर्बक छ्हारी प्रदान गर्न सक्ने राज्य प्रणालीको आबिस्कारको व्यग्र प्रतीक्षामा मानव समुदायले संघर्ष गरिरहेको छ। यस्तो आबिस्कारको नेतृत्व गर्ने जनभरोसा अबसर पनि,गतिशील र उर्जाशील बिचार एजेन्डा बोक्न सक्ने कम्युनिस्ट पार्टी लाई नै छ ।

३.समाजवादको लागी जनमतसंग्रह ,निकासको सजिलो विकल्प:
आज देखिएकोवैचारिक ,राजनीतिक ,आर्थिक ,सामाजिक संकटले मुख्यतः तीनवटा कुरालाई राम्रो सग उजागर गरिदिएको छ ।पहिलो कस्तो खालको सैद्धान्तिक राजनीतिक प्रणालीले समाज ,अर्थतन्त्र र संकट लाई उचित दिशा दिन सक्छ ,दोस्रो कस्तो खालको शासन प्रणाली प्रभावकारी हुन्छ ,तेस्रो कस्तो बिकास मोडेलले यस्ता संकट लाई सम्बोधन गर्न सफल हुन्छ ।वहस यी विषयमा केन्द्रित गर्नै पर्छ ।
कहिलेकाही राजनीतिक नाराहरु गतिशील समाजका द्योतक हुन सकेनन भने पस्चगामी आग्रह बोकेर पनि प्रकट हुन पुग्छन् ।यस्ता नाराहरुलाइ अग्रगामी, विज्ञान सम्मत र गतिशील चेतनाका नाराले पराजित गर्छन् ,धुलो चटाइ दिन्छन् ।आखिर तानाशाह हिटलरले पनि समाजवादको नारामा फासिवादको रथ चढेर नरसंहार गरे ।लेनिनले रोटी ,शान्ति र जमिनको नारामा समाजवादी क्रान्ति गरे ।
उपचार गर्ने अस्पताल र बालबालिकाले पढ्ने शिक्षालय जस्ता आधारभूत बिषय समेत पुजिपतिहरुलाइ सुम्पिदिएर नाफा घाटाको ब्यापार बनाउने रमिते व्यवस्था र नागरिकहरु रोग भोग र शोकले छ्ट्पटिरहदा, सक्छौ पैसा तिरेर उपचार गर,किनेर खाउ, सग्दैनौ चुप लागेर बस भनेर, नागरिक आवाजलाई अध्यारो सुरुङ्गमा थुन्न प्रयास गर्ने सरकार र व्यवस्थाका विरुद्ध आन्दोलनमा नहेलिएर सामाजिक संजालका भित्ता ,चिया पसल ,चोक चौतारोमा मात्र कहिले सम्म गनगन गरिरहने?
अब सच्चा बामपंथी कम्युनिस्ट ,प्रगतिशील लोकतान्त्रिक देशभक्त शक्तिहरुले आन्दोलनमा आउन खोजेको युवा जमातलाई समाज परिबर्तनको सपना दिने गतिशील र उर्जाशील नारामा बिस्वस्त वनाउनु पर्दछ ।नवउदारवादी लुटखसौट विरुद्ध सडक बाघको रूपमा उभय्याउनु पर्छ । गतिशील समाजका संवाहक युबाहरुले पनि आफुलाइ प्रतिरोधी आन्दोलनमा सहभागी बनाउन बिलम्ब गर्न हुदैन ।
राजनैतिक परिवर्तनको आन्दोलनमा उज्यालो भबिस्य देखाउने बिचार र एजेन्डा बोकेको राजनैतिक पार्टी र नेतृत्व महत्वपूर्ण तत्व हुन् ।नयाँ र उज्यालो भबिस्यको खोजीमा सामाजिक संजालको भित्ता देखि सडकहुँदै व्यालेट विद्रोहमा सहभागी नागरिकलाई चम्किलो भबिस्यको लागी आन्दोलनमा केन्द्रित गर्ने दायित्व राजनैतिक पार्टी र नेतृत्वकै हो ।विकल्प का पाल्सी गफमा आफ्नो बुद्धि बिलास प्रकट गर्न मानिसहरु विभिन्न रुपरंगमा देखिनै रहन्छन् ।अमुक राजनीतिक दर्शन र विचारहरु प्रतिको बनिबनाउ पुर्बाग्रह साधेर कुतर्क गर्ने ,समाजवादका बिरोधि ,नबउदारवादी पुजीवादी लोकतन्त्रका निरपेक्ष स्तुतिगाएक लेखक बुद्धिजीवी राजनीतिकर्मी सबै गतिशील समाजका अवरोधक हुन्छन् ।यस्ता बिषयको भुलभुलैयामा समाजलाई अल्मलिन नदिएर ,नयाँ दिशा प्रधान गर्ने काम सच्चा कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छ ।
सिङ्गो मानबजाती लाई समान व्यबहार गर्ने बैज्ञानिक समाजवादलाई अझै उन्नत र लोकतान्त्रिक कसरी बनाउन सकिन्छ भन्ने बहस लाई पनि कहिँ कतै छेकबार नगरी खुल्ला गरिदिनु पर्दछ ।
आज पनि समाजको सबभन्दा आशा गरिएको भरपर्दो विकल्प बैज्ञानिक समाजवाद हो भन्ने तथ्य कतै छिपेको छैन।यस्लाइ नवउदारवादी हावाको बहाबमा उडिरहेको दलाल पुजीवादको कालोबादलले सधै छोपेर राख्न सक्दैन ।बिकल्पको उज्यालो प्रकाश क्षितिजमा देखिसकेको छ। अब उज्यालो भबिस्यको खोजीमा निस्किएका सबै मनहरु एकीकृत भएर आन्दोलनमा हेलिन ढिला गर्न हुँदैन । विकल्पका बग्रेल्ती गफ गरेर मात्र बस्ने कुराले समाजलाई उहीँ पुरानो संसदीय भुलभुलैयामा अल्मलाउन सक्छ ।त्यसैले देशभक्त र समाजवादका पक्षधरहरुले उज्यालो विकल्पमा आआफ्नो समय र उर्जा खर्चनु सहि हुन्छ । वालेन र हर्क साङ्पाङलाइ मतदान गरेर जन्मिएको व्यालेट विद्रोहको पराकम्प जारी छ।समाजवाद खोजि गरिरहेका नागरिक लाई जनमतसंग्रहको अवसर नदिनेहो भने` हर्क वालेन पराकम्पले ´खोजेको निकास एकीकृत जनक्रान्तिको उत्कर्षले मात्र दिन सक्छ ।
१७असार २०७९।

लेखक:नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम सल्यान-रुकुम जिल्ला इन्चार्ज हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार