नेकपा घोराही र लमही नगर संगठन निर्माणमा व्यस्त

डेली न्युजराप्ती       ५ भाद्र २०७८ १६:५४ मा प्रकाशित     2020 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गतका पालिकाहरु यतिबेला संगठन निर्माणमा व्यस्त भएका छन।
शनिवार नेपाल कम्युनिस्ट पार्टी लमहि नगरपालिका-४ मा पार्टी निकट जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको संगठन निर्माण गरिएको बताइएको छ। निर्मला चौधरीको अध्यक्षतामा १५ सदस्यीय अ.ने.म.संघ क्रान्तिकारीको वडा कमिटी गठन गरिएको नेकपा लमहीले जनाएको छ।सोही वडामा बालकृष्ण चौधरीको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)को वडा कमिटी गठन गरिएको छ।

जनवर्गीय संगठनको वडा कमिटी गठन कार्यक्रममा नेकपा लमहि नगर इन्चार्ज जनक,नेकपा दाङका नेता एकराज,केपि चौधरी,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य मधुसूदन,युवा संगठन नेपाल लमही नगर अध्यक्ष सान्तको आतिथ्य रहेको थियो।कार्यक्रमको संचालन नेकपा दाङ जिल्ला कमिटी सदस्य निमले गरेका थिए।

यस्तै नेकपा घोराही उपमहानगर वडा नं.६ मा नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ। सुरेन्द्र घर्तीमगरको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको नेकपा घोराहीले जनाएको छ।
नेकपा घोराही उपमहानगर-६ का सेक्रेटरी शरदको अध्यक्षतामा तथा संचालनमा भएको कार्यक्रमको प्रमुख आतिथ्यमा युवा संगठन नेपाल घोराही उपमहानगर अध्यक्ष पदम चन्दले गरेका थिए। कार्यक्रममा युवा संगठन नेपाल दाङ जिल्ला कमिटी सदस्य शिशिरपुन,अखिल(क्रान्तिकारी) दाङ जिल्ला सदस्य शिशिर रिजालको आतिथ्य रहेको थियो। कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य युवा संगठन नेपाल घोराही उपमहानगर अध्यक्ष पदम चन्दले राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार