बैशाख ३ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीले ७५औ नेकपा स्थापना दिवसको अवसरमा आजदेखी साताव्यापी कार्यक्रमको सुरुवात गरेको छ ।
नेकपा पश्चिम दाङ र पुर्वी दाङले आज जिल्लाका तुलसीपुर र घोराही अन्तर्गतका विभिन्न स्थानमा वालिङ गरेको जनाएको छ ।
लेनिन जयन्तीको सन्दर्भ पारेर पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेकपा स्थापना भएको दिनलाई स्मरण , समिक्षा र नयाँ प्रतिबद्धता सहित नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी कार्यक्रमको आयोजना गरि मनाउने जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले गत शनिबार सार्वजनिक गरेको पोस्टर अनुसार नेकपा स्थापना दिवसलाई साताव्यापी मनाउने उल्लेख गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा घोषित सप्ताहव्यापी क्रार्यक्रमहरू अनुसार बैशाख ३ गते -देशव्यापी वालिङ्ग , बैशाख ४ गतेदेशव्यापी क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई अभिनन्दन , बैशाख ५ गते-झाँकी सहित साँस्कृतिक कार्यक्रम , बैशाख ६ गते-देशव्यापी प्रदर्शन र वृक्षारोपण कार्यक्रम , वैशाख ७ गते देशव्यापी अन्तर्कृया , वैशाख ८ गते रक्तदान र बैशाख ९ गते देशभरी उत्सवसभा र दिपावली , काठमाण्डौमा विशाल जनसभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
यता नेकपा पश्चिम दाङले भोलि बैशाख ४ गते तुलसीपुरमा क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई अभिनन्दन गर्ने जानकारी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.