‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै

डेली न्युजराप्ती       १ भाद्र २०७९ १३:४९ मा प्रकाशित     2407 No Comments


भदौ १,दाङ। नेत्र विक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)द्वारा विकट बस्तीमा निर्माण गरिएको आधारभुत बिधालयको भोलि उद्घाटन हुने भएको छ। क्रान्तिकारीद्वारा मकवानपुर र धादिङको सिमाना स्थित बेनिघाट रोराङ गाँउपालिका वडा न. १ र २ को सिमानामा पर्ने चेपाङ-तामाङ बस्ति च्यात्रामा निर्माण गरिएको नमुना बिधालयको उद्घाटन हुन लागेको हो।

आर्थिक सहयोगका साथै जनश्रमदानबाट निर्माणाधिन च्यात्रा नमुना विद्यालय मकवानपुरको उद्घाटन भदौ ३ गते नेकपाका महासचिव विप्लवले गर्ने अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अनिल केसिले डेलिन्युजराप्तिलाइ जानकारी दिएका छन।

राज्यको गैरकानुनी प्रतिबन्धमा नेकपाका महासचिव विप्लव केहीदिन चेपाङ-तामाङ बस्तीमा बसेका थिए। त्यहाँ बस्दा महासचिव विप्लवले उक्त समुदायमा विद्यालयको तत्काल आवश्यकता रहेको र निर्माण सम्भाव्यता अध्ययनका लागी भातृसंगठन अखिल(क्रान्तिकारी)लाई पहल गर्न निर्देशन पनि दिएको अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नरेन्द्र बिश्वकर्माले बताए। उक्त स्थानमा चेपाङ्ग र तामाङ्ग समुदायको बसोबास रहदै आएको छ। भौगोलिक विकटताका कारण त्यहाका करिव ५२ जना विद्यालय जाने उमेरका बालबालिकाले विद्यालयको अनुहारपनी देख्न पाएका छैनन। उक्त विद्यालयलाई काठमाडौको कलंकी स्थित एल आर आई स्कुल लगाएत अन्य केही स्कुल र उक्त स्कुलका विधार्थीद्वारा अखिल(क्रान्तिकारी)को संयोजनमा विद्यालयलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेका थिए।
नेपालको विद्यार्थी राजनितिक क्षेत्रमा ऐतिहासिक काम र पहल अखिल (क्रान्तिकारी) ले गरेको र आगामी दिनमा देशका थुप्रै ठाउमा विभिन्न समस्याका कारण पढ्नबाट बन्चित कोहिपनी बालबालिका हुनुहुदैन र त्यसको अनुगमन, अनुसन्धान र पहल हाम्रो संगठनले गर्नेछ, संगठनका एक नेताले भने।’

उनले थप अघि भने– ‘देशैभरिका पढ्नबाट बन्चित भएका तमाम बालबालिकाको अभिभावकत्व हामी र हाम्रो संगठन अखिल (क्रान्तिकारी) ले लिनेछ त्यसका लागी अहिलेको दलाल पुजीवादी संसदिय ब्यवस्थाको विकल्प बैज्ञानिक समाजवादको स्थापना अनिवार्य सर्त हो।’

च्यात्रा तामाङ गाउँ जहाँका करिव ५२ जना बालबालिकाहरुले विद्यालयको अनुहार देखेका छैनन् त्यहि बस्तीमा संगठनले केही समयअघि आधारभूत बिद्यालयको निर्माण कार्यलाई अगाडि बढाएको थियो। निर्माण कार्य थप ब्यबस्थित बनाउन ब्यबस्थापन समिति मार्फत रु १,०००००(एक लाख) हस्तान्तरण गर्दै बिधालय निर्माण कार्यलाइ अगाडि बढाएको संगठनले केही समयअघि मात्रै निर्माण सम्पन्न गरेको थियो।

नमुना बिधालयको उद्घाटन भोलि नेकपाका महासचिव विप्लवद्वारा भव्य समारोहका बिच हुने अखिल(क्रान्तिकारी) ले जनाएको छ।

यता बिधालय निर्माण गर्दै हिडेका नेकपाका नेता-कार्यकर्ता,महासचिव विप्लवसहित २५ नेता विरुद्ध भर्खरै ललितपुर जिल्ला अदालतले साउन १६ गते पक्राउ पुर्जी जारी गरेको छ।
तत्कालीन केपि वली नेतृत्वको सरकारसँग तीन बुदे सहमती गर्दै शान्तिपुर्ण राजनीतिक गतिविधि मार्फत आफ्ना राजनीतिक कार्यक्रमलाई जनताको बिचमा लिइरहेको पार्टीको नेतृत्वसहित नेता-कार्यकर्ता विरुद्ध जारी गरिएको पक्राउ पुर्जीको सर्वत्र बिरोध भइरहेको छ।

राज्य र नेकपाबिच भएको सहमतीका तीन बुदामा नेपालको राजनीतिक,सामाजिक,आर्थिक,सांस्कृतिक लगाएतका क्षेत्रमा देखिएका समस्याहरु वार्ता तथा संवादको माध्यमबाट हल गर्ने,सरकारले नेकपामाथी लगाएको प्रतिबन्ध फुकुवा गर्ने र जेल/हिरासतमा रहेका नेकपाका बन्दी नेता-कार्यकर्ताहरुको रिहाइ र सम्पुर्ण झुठा मुद्दाहरु खारेज गर्ने सहमतीपत्रमा उल्लेख गरिएको छ तर नेकपाले सहमती अनुरुप आफ्ना राजनितीक गतिविधिलाई शान्तिपुर्ण ढंगबाट अघि बढाएको छ भने राज्यले सहमती अनुरुप प्रतिबन्ध फुकुवा गरेपनी हालसम्म नेकपाका बन्दीहरु रिहा गर्ने र झुठा मुद्दाहरु खारेज गर्ने विषयमा प्रक्रिया अघि बढाएको छैन।

तिन बुदे सहमति विरुद्ध केही समयअघि विप्लवसहित २५ नेता विरुद्ध जारी गरिएको पक्राउ पुर्जीले फेरि देश द्वन्द्व र युद्धको भुमरीमा फस्ने खतरा बढेको राजनितिक बिश्लेसकहरु बताउछन् । यता नेकपाले पक्राउ पुर्जी फिर्ता नलिए हातमा दहि जमाएर नबस्ने चेतावनी दिएको छ। नेकपाको भर्खरै कपिलवस्तुको शिवगढिमा सम्पन्न केन्द्रीय समितिको बिशेष बैठकले महासचिव विप्लवसहितका नेता विरुद्ध जारी गरिएको पक्राउ पुर्जीको शसक्त प्रतिरोध गर्ने भएको छ।
नेकपासहित रणनैतिक संयुक्त मोर्चाले पक्राउ पुर्जी विरुद्ध भदौ ७ गते नेपाल बन्द सहितका जनसंघर्षका कार्यक्रम मार्फत राज्यको अन्यायपूर्ण युद्धको शसक्त प्रतिरोध गर्ने जनाएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार