कैलालीमा प्रगतिशील विवाह सम्पन्न,यस्तो हुन्छ सी संस्कृति अनुसारको विवाह?

डेली न्युजराप्ती       १५ मंसिर २०८३ ०८:१४ मा प्रकाशित     25 No Comments

कैलाली । नेकपा(माओवादी)का दुई नेताले पार्टीले अवलम्बन गरेको सी संस्कृति अनुसार प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाँधिएका छन् ।
पार्टीमा कार्यरत कमरेड उदय सी र कमरेड कल्पना सी प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाँधिएका हुन् । पुरानो रुढीबादी वैवाहिक कार्यक्रमका विपरीत उनिहरुले नविन र वैज्ञानिक संस्कृति सी संस्कृति अनुसार विवाह बन्धनमा बाँधिएका हुन् ।

नेकपा (माओवादी) सुदुरपश्चिम प्रदेशको आयोजनामा शनिबार कैलालीको रतिपुरमा भएको उक्त विवाह समारोह पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
विवाह समारोहमा उपस्थित भई महासचिव विप्लवले बर-बधुलाई वैवाहिक जिवनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यस्तै विवाह कार्यक्रममा पार्टीका नेताकार्यकर्ता , आफन्तजन , इष्टमित्रहरुको बिशेष उपस्थिति थियो ।
यस्तै पार्टीका सुदुरपश्चिम् प्रदेश इन्चार्ज भरत सीले नवविवाहित कमरेडहरुलाई सी संस्कृति अनुसारको विवाह प्रमाणपत्र दिँदै वैवाहिक जिवन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार