‘बृद्ध आमाबुवा संग क्रान्तिकारी महिला सङ्घ‘

डेली न्युजराप्ती       २ असार २०८१ २२:२१ मा प्रकाशित     243 No Comments


असार १ , दाङ ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट महिला सङ्घ अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी दाङले घोराहीको एक बृद्धा आश्रमका बृद्ध बुवाआमाहरु संग भेटघाट गरेको छ ।
शनिबार सङ्घले घोराही उपमहानगरपालिका -१६ तेरौटेमा सञ्चालित जेष्ठ नागरिक सरोकार केन्द्रका बृद्धअबश्थाका बुवाआमासंग भेटघाट गरेको हो ।

‘बृद्धा आमाबुवा संग क्रान्तिकारी महिला सङ्घ‘को नारा सहित सङ्घले बृद्धाआश्रममा बसिरहेका जेष्ठ नागरिकलाई फलफुल समेत वितरण गरेको जानकारी दिएको छ ।

सङ्घले भेटघाटको क्रममा बृद्धअबश्थाका जेष्ठ नागरिकसंग सन्चो बिसन्चो एवम बृद्धाआश्रमको व्यवस्थापनको बिषयमा जानकारी लिएको हो ।

कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सी , केन्द्रीय सदस्य रेखा सी , केन्द्रीय सदस्य कमला सी , संङ्घकि घोराही उपमहानगर कमिटीकि संयोजक साधना सी लगाएतको उपस्थिति रहेको थियो भने पार्टीको तर्फबाट पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराहीका इन्चार्ज विकाश सी , पार्टीका घोराही उपमहानगर कमिटीका सेक्रेटरी महान सी लगाएतको बिशेष उपस्तिथि रहेको थियो ।

बृद्धअबश्थाका बाआमासंग संक्षिप्त कुराकानी गर्दै सङ्घका नेतृत्वहरुले बृद्ध बाआमा भनेका समाज र देशका सम्पत्ती भएको बताएका थिए ।

बृद्ध बुवा आमाले समाज र देशका लागि योगदान गर्नुभएको र अहिले बृद्धअबश्था भइसकेपछी उहाँका पाखुरा नचल्ने भएपछि त्यसलाई हेर्ने , रेखदेख गर्ने दायित्व राज्य , समाज र परिवारको भएकाले बुढापाकालाई अपहेलना नगरी सम्मान गर्नुपर्ने साथै उहाँहरुको गाँस , बास , स्वास्थ्य लगाएतको प्रवन्ध राज्यले गर्नुपर्ने बताएका थियो ।

फलफुल वितरण एवम भेटघाट कार्यक्रमको सहजीकरण अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी घोराही उपमहानगर कमिटीकि संयोजक साधना सीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार