नेकपाद्वारा हप्तैपिच्छे मुल्यवृद्दि गर्दै जनजिवनमाथि खेलवाड नगर्न चेतावनी

डेली न्युजराप्ती       ७ असार २०७९ १९:५२ मा प्रकाशित     216 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारले हप्तैपिच्छे मुल्यवृद्बि गर्दै जनताको जनजिवनमाथि गरेको खेलवाड र जनविरोधी कार्यका विरुद्द देशव्यापी प्रतिरोध सङ्घर्षमा उत्रन आम नेपाली जनतालाई विशेष आव्हान गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो आव्हान गरेका हुन् । प्रवक्ता प्रकाण्डले आईतबार राति नेपाल सरकारले विभागीय मन्त्रालयको सचिवलाई लामो वक्तव्य दिन लगाएर पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्बिको ‌औचित्य पुष्टि गर्ने धृष्टतासहित पेट्रोलियम पदार्थको मुल्यवृद्बि गरेको बताउदै एकैचोटी पेट्रोलमा प्रति लिटर रु. २१, डिजेल र मट्टितेलमा रु. २७ र हवाई इन्धनमा – आन्तरिक रु. १९ मुल्यवृद्बि गरी पेट्रोलमा रु. १९९, डिजेल ,मट्टितेलमा रु.१९२ र हवाई इन्धनमा रु. १८५ पर्र्याएको छ यो नेपाली जनतालाई असह्यैय हुने र प्रतिहप्ता मुल्य वृद्बि गर्ने सरकारी जनमारा रबैयाको तिब्र घृणासहित घोर निन्दा एवं भर्त्सनासमेत गरेका छन ।
प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थ खरिद गर्दाबाट नै राज्यले शुरु गर्ने कमिशनको खेल,चुहावट, मिसावट, घिसावट र ढुवानीको नाममा गरिने भ्रष्टाचार,वायु प्रदुषण नियन्त्रण,जलविधुत परियोजनाको नाममा लादिएको कर र वृद्बि गरिएको मुल्यको योगलाई आयल निगम घाटामा भएको भन्ने जलप लगाएर नेपाली जनताको खुट्टमा बञ्चरो हान्ने अपराधमा राज्य संलग्न भएको ठोकुवा गर्दै पेट्रोलियम पदार्थमा भ्रष्टाचार, कमिशन, कालोबजारी,अनियमितता र मनपरी करलाई खारेज गर्ने हो र आपुर्तिमा सरकारले सहुलियत दिने हो भने पेट्रोलियम पदार्थको अहिलको मुल्यमा झण्डै आधा घटाउन सकिने उल्लेख गरिएको छ ।
प्रवक्ता प्रकाण्डले एक्काइशौँ शताब्दीको विश्वमा यातायात जनताको आधारभूत आवस्यकता बनिसकेको उल्लेख गर्दै सरकारलाई तत्काल मुल्यवृद्बि फिर्ता लिन आग्रहसमेत गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार