दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे

डेली न्युजराप्ती       २१ चैत्र २०७८ २१:५४ मा प्रकाशित     2851 No Comments


हेमन्त प्रकाश वली,चैत्र २१,तुलसीपुर। दाङमा ऋण नतिरेपछि थुनिएका एक परिवारको उद्दार गरिएको छ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका स्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा संचालित न्यु नेपाल सुनचाँदी पसलका संचालक ललित गुप्ताद्वारा थुनिएका उनकै पसलका कामदार सन्तुको परिवारलाइ उद्दार गरिएको हो।
विहान ८ बजेदेखी सुनचाँदी पसल संचालक गुप्ताले आफ्नै निजि निवास तुलसीपुर बिएसएस पार्टी प्यालेस नजिकै रहेको घरको अन्डरग्राउन्डमा थुनेर राखेको सन्तुको परिवारलाइ युवा संगठन नेपाल दाङको सहकार्य र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको नेपाल प्रहरीको टोलिले उद्दार गरेको हो।

न्यु नेपाल सुनचाँदी पसलका संचालक गुप्ताले कामदार सन्तुले आफुसंग ऋण बापत ३५ हजार रुपैया नतिरेपछी आज बिहान ८ बजेदेखि आफ्नै कामदार सन्तु सहित उनकी २ वर्षकि छोरी र श्रीमतीलाई आफ्नै निजि निवासमा थुनेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताए। विहान ८ बजेदेखी थुनिएको सन्तुको परिवारलाइ करिव साढे १० घण्टापछि साझ ६:४५ बजेतिर उद्दार गरिएको थियो।

थुनिएको खबर प्रहरी भन्दा अघि विप्लवका युवाहरुलाइ:
यस्तै सन्तु परिवार आफ्नै मालिकद्वारा करिव साढे १० घण्टासम्म अन्डरग्राउन्ड कोठामा थुनिदा समेत प्रहरी बेखबर रह्यो। विहान ८ बजेदेखी थुनिएको सन्तु परिवार साझ ६:३० बजेसम्म थुनिदा समेत इलाका प्रहरी कार्यालय तुलसीपुरले अत्तोपत्तो समेत पाउन सकेन तर त्यहि अपराधको सुचना ढिलैभएपनि विप्लव निकट युवा संगठन नेपाल दाङका नेता-कार्यकर्ताहरुलाइ प्राप्त भएको थियो।

कोठामा थुनिएका सन्तु परिवारले बाहिर रहेका आफ्ना आफन्त वा साथिभाइलाई फोन गरेको पक्कै हुनुपर्छ किनकि साढे ५ बजेतिर सन्तु सहित उनको परिवार साहु गुप्ताद्वारा थुनिएको खबर युवा संगठन नेपाल दाङका सचिव शुदर्शनले पाएको बताउछन। नेता शुदर्शनले सुनचाँदी पसलमा कार्यरत कामदार विहानदेखि बन्द कोठामा थुनिएको खबर फोन मार्फत प्राप्त गरेपछि उनले पार्टी पद्धति र प्रक्रिया अनुरुप पार्टीका तुलसीपुर उपमहानगरपालिका इन्चार्ज बिकाशलाइ सम्पर्क गरे र अन्य आफ्ना नेता-कार्यकर्तालाई समेत घटना बारे जानकारी गराउदै उद्दारमा जुट्नुपर्ने अवस्थाको वारेमा समेत अपिल गरे।
त्यसपछी केहि समयपछी नेकपा तुलसीपुर उपमहानगरका इन्चार्ज बिकाशले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई घटनाको वारेमा जानकारी गराए। लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको नेपाल प्रहरीको टोलि र नेकपा निकट युवा संगठन नेपालको सहकार्यमा सन्तुको परिवारलाइ उद्दार गरिएको थियो।
सन्तु परिवारको उद्दारमा महत्वपूर्ण भुमिका खेलेको भन्दै विप्लवका युवाहरुलाइ स्थानीयले धन्यवाद समेत ज्ञापन गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार