नेकपा घोराही उपमहानगर-७ द्वारा युवा र थारुको संगठन निर्माण

डेली न्युजराप्ती       ३ भाद्र २०७८ १६:५७ मा प्रकाशित     714 No Comments


दाङ।नेपाल कम्युनिस्ट दाङ घोराही उपमहानगर वडा नं.७ मा युवा संगठन नेपाल र थारु राष्ट्रिय मुक्ती मोर्चा नेपालको संयुक्त सम्मेलन आयोजक कमिटी गठन गरिएको छ।
यमराज चौधरिको संयोजकत्वमा युवा संगठन नेपालको ११ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ भने लक्ष्मण चौधरिको संयोजकत्वमा थारु राष्ट्रिय मुक्ती मोर्चा नेपालको ७ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ।

संयुक्त सम्मेलन आयोजक कमिटी गठन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङका घोराही उपमहानगर इन्चार्ज तिलकको प्रमुख आतिथ्य,थारु राष्ट्रिय मुक्ती मोर्चा नेपाल दाङका संयोजक चुलुवा,नेकपा दाङ जिल्ला कमिटी सदस्य महानको आतिथ्य रहेको थियो।
कार्यक्रममालाई सम्बोधन गर्दै नेकपा घोराही उपमहानगर इन्चार्ज तिलकले संसदीय व्यवस्था असफल सिद्ध भइसकेको बताए।उनले संसदवादका विरुद्ध नेपाली जनताहरु वैज्ञानिक समाजवाद प्राप्तिको लागि भीषण संघर्षमा रहेको बताए।नेता तिलकले नेपालमा वैज्ञानिक समाजवाद प्राप्तिको लागि पार्टीले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिने एजेन्डा अघि सारेको बताए।
कार्यक्रममा थारु राष्ट्रिय मुक्ती मोर्चा नेपाल दाङका संयोजक चुलुवा चौधरीले उत्पीडित जाती,क्षेत्र,समुदायको हकअधिकारका लागि वैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको बताए।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला कमिटी सदस्य महानले नेपालमा वैज्ञानिक समाजवादको लहर आएको बताए।उनले दिनदिनै संसदीय व्यवस्था चरम संकटमा परेको भन्दै सम्पुर्ण श्रमिक जनताको अधिकार वैज्ञानिक समाजवादमा मात्र सम्भव हुने बताए।
संयुक्त संगठन निर्माण कार्यक्रमको अध्यक्षता तथा सहजीकरण नेकपा घोराही उपमहानगर-७का सेक्रेटरी तथा युवा संगठन नेपाल घोराही उपमहानगर अध्यक्ष पदम चन्दले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार