दाङ, झापा , सर्लाही लगाएतका जिल्लामा विप्लवका बिद्यार्थीद्वारा अखण्ड भारतको नक्सा जलाइयो

डेली न्युजराप्ती       १७ जेष्ठ २०८० २१:०३ मा प्रकाशित     168 No Comments

हेमन्त प्रकाश ओली ।
१७ जेठ, काठमाडौं । अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा प्रदर्शन भएको छ ।

नेपाली भूभाग समेत भएको नक्सा राखेको भन्दै विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)सहित संयुक्त बिद्यार्थी संगठनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छन् । माइतीघर मण्डलामा भएको प्रदर्शनमा उनीहरुले अखण्ड भारतको नक्सा समेत जलाएका छन् ।

यता विप्लव सम्बद्ध बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले दाङसहित देशका थुप्रै जिल्लाहरुमा अखण्ड भारतको नक्सामा नेपाली भुभाग लुम्बिनी र कपिलवस्तुलाई समेत समेटिएपछी उक्त नक्सा जलाएका छन् ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय महासचिव ललित सीले पश्चिम दाङ सहित संगठनको मेची ब्युरो अन्तर्गत उदयपुर र झापा , पश्चिम जनकपुर ब्युरो अन्तर्गत सर्लाहीमा अखण्ड भारतको नक्सा जलाइएको जानकारी दिएका छन् ।

नेता ललित सीले भारतले नेपाली भुमी समेत समेटिएको नक्सा तत्काल नसच्याए देशव्यापी आन्दोलनको आँधिबेरी सिर्जना गरिने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार