रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’

डेली न्युजराप्ती       १० माघ २०८० १२:२५ मा प्रकाशित     1880 No Comments

हेमन्त प्रकाश ओली ।

माघ १० , दाङ । रुसबाट एक नेपाली युवाले भिडियो सन्देश जारी गर्दै बाध्यताले टाढा भएपनी आफ्नो मन मुटुमा नेपाल कम्युनिस्ट पार्टी रहेको बताएका छन् ।

दाङको घोराही निवासी नेकपाको नगर कमिटीको हैसियतमा काम गरेका युवा भिम सीले रोजगारीको शिलशिलमा आफू रुस पुगेपनी पार्टीप्रती अगाध बिश्वास रहेको बताएका छन् ।

उनले रुसबाट एक भिडियो जारी गर्दै भनेका भनेका छन् – ‘मेरो पार्टी , मेरो प्यारो पार्टी  हाम्रो जनप्रीय पार्टी रुसबाट एकदम एकदमै न्यानो माया अनि अग्रजहरु साथिहरुमा मेरो सलाम छ र मैले एकदमै यादगारका दिनहरु सम्झिरहेको छु र सबैलाई एकदमै भित्री आत्मादेखी सम्झिराको छु । म जहाँ जता भएपनी टाढा भएपनी मेरो मन मुटु सबै त्यही मेरो पार्टीमै छ र मेरो पार्टी , साथी , घरपरिवार सबैमा मेरो तन मन सबै छ । जे जस्तो भएपनी हाम्रो पार्टी अगाडि बढोस राम्रो होस मेरो यहि छ कामना ! म फेरि फर्केपछी पुनः जोडिनेछु । यति भन्दै मेरो छोटो समय छ यहाँ ड्युटी जादैछु , सबैलाई मैले भित्री आत्मादेखी सम्झिरहेको छु । यहीँ मेरो कामना छ , सबैलाई सलाम है त ल ।’

भिडियो जारी गर्दै उनले धेरै नसकेपनी ५ हजार रुपैयाँ पार्टीलाई सहयोग गरेको र उक्त रकम पार्टीलाई हस्तान्तरण गरिदिन अनुरोध गरेका छन् ।

स्रोतका अनुसार निज भिम सी नेकपा घोराही उपमहानगर कमिटीका सदस्यको रुपमा जिम्मेवारीमा थिए भने हाल उनी रुस-युक्रेन युद्धको तनाबबिच रुसि सेनामा भर्ती भएको जनाईएको छ ।

यता सोही विषयमा हामिले बुझ्न खोज्दा नेकपा पुर्वी दाङका जिल्ला कमिटी सदस्य एवम युवा संगठन नेपाल पुर्वी दाङका अध्यक्ष पदम सीले संसारभरिमा रहेका नेपालीहरुले विप्लवलाई नै आशाको रुपमा देखेको बताए । उनले भने– ‘ यो एक प्रतिनिधि घटना मात्रै हो नेपालका लाखौ युवाहरुले यतिबेला संसारभरिबाट युवाहरुले विप्लवलाई सम्झिरहेका छन् । यहाँको दलाल पुजीवादी सत्ताको कारणले बाध्यताबस बिदेशी भुमिमा सस्तो श्रममा बेचिरहेका युवाहरुले एउटा मात्रै आशाको किरण विप्लवलाई देखेका छन् । हामिले भनिरहेका छौँ अझै सत्ता जनताको हातमा आइपुगेको छैन त्यसैले यो सत्ताको विकल्पमा हामिले वैज्ञानिक समाजवादी सत्ता भनेर बिद्रोह गरिरहेका छौँ । नेपाली युवाहरुलाई यो हालतमा पुर्याउने सत्ता पुर्ण रुपले खारेज नगर्दासम्म अहिलेको समस्याले हल निस्किनेवाला छैन । हामी अपिल गर्छौ कि एकपटक यहाँको सत्ता बदल्न संसारभरी छरिरएर रहेका युवाहरु नेपालमा आउँ र अन्तिम क्रान्तिको बिगुल फुकौँ ।’

यतिबेला रुस-युक्रेनबिच भइरहेको युद्धबिच सयौं नेपाली युवाहरु रुसि सेनामा भर्ती भइरहेका छन् भने केहिले लडाइँको बिचमा मृत्युवरण समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार