जनयुद्धका कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएकैबेला दाङमा दिनदाहाडै शहिदका शालिक तोडफोड!

डेली न्युजराप्ती       २१ माघ २०७९ १६:४३ मा प्रकाशित     150 No Comments

माघ २१/दाङ । तत्कालीन १० वर्षको जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड देशको यतिबेला प्रधानमन्त्री छन् ।
१० वर्षको भीषण युद्ध जनयुद्ध हाकेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री बनेको महिना दिन नबित्दै दाङमा जनयुद्धमा सहादत प्राप्त गर्नुभएका शहिदका शालिक तोडफोड भएको छ ।

गएराती घोराही स्थित झिंगौरा पार्कमा जनयुद्धका शहिदका शालिक तोडफोड भएको हो । १० वर्षको महान जनयुद्धमा सहादत प्राप्त गर्नुभएका झिंगौराका वीर शहिदहरु क.पृथ्वी चौधरी , ओम भक्त चौधरी (विजय) र क.लौटन चौधरीको शालिक तोडफोड गरिएपछि माओवादी आन्दोलन निकटका पार्टी , नेता-कार्यकर्ताहरुले घटनाप्रती चासो व्यक्त गर्दै तोडफोड घटनामा संलग्नलाई पत्ता लगाई कार्वाही गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

निर्जीव शालिक तोडफोड गरेर जिवित सपना तोडफोड हुदैनन् : विप्लवका इन्चार्ज सविन
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले निर्जीव शालिक तोडफोड गरेर जिवित सपना तोडफोड नहुने बताएका छन् ।

गएराती घोराही स्थित झिंगौरा पार्कमा जनयुद्धका शहिदका शालिक तोडफोड गरिएपछी नेकपा राप्ती ब्युरो इन्चार्ज समेत रहेका नेता सविनले उक्त धारणा व्यक्त गरेका हुन् ।

नेता सविनले आज फेसबुक पेज मार्फत शालिक तोडफोडको घटनाप्रती आक्रोश व्यक्त गरेका छन् । उनले तोडफोड गर्ने तत्वको खोजी गरि कारवाहीको दायरामा ल्याउनै पर्ने समेत माग राखेका छन् ।

सहिदको सपना मार्ने प्रयत्नहरु धेरै टिक्ने छैनन् , जनताले ढिलोचाडो छिनोफानो गर्ने नै छन् : सम्झना सी
नेकपाकि केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सीले पनि शालिक तोडफोडको निन्दनीय घटनाप्रती चिन्ता व्यक्त गरेकी हुन् ।
नेतृ सम्झनाले आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनिन्– ‘ सहिदको सालिक तोडफोड गर्दैमा सहिदको सपना मर्दैन । कसैको लागी यो कुनै सामान्य बस्तु हुनसक्छ तर हाम्रो लागी देशको एक इतिहास बदल्ने महान मान्छे हुन । यी र यस्ता जनताका छोराछोरीले बगाएको रगतबाट आलोपालो सत्ता आरोहण गरेकाहरुको पनि ध्यानाकर्षण होस कि सहिदका सालिक ढाल्ने र सहिदको सपना मार्ने प्रयत्नहरु धेरै टिक्ने छैनन् । जनताले ढिलोचाडो छिनोफानो गर्ने नै छन् ।

१० वर्षको महान जनयुद्धमा सहादत प्राप्त गर्नुभएका झिंगौराका वीर शहिदहरु क.पृथ्वी चौधरी , ओम भक्त चौधरी (विजय) र क.लौटन चौधरीको शालिक तोडफोड गरिएपछि दाङमा विप्लव नेतृत्वको नेकपा आक्रोशित बनेको छ ।
शालिक तोडफोडको घटनाप्रती माओवादी निकटका अन्य दलहरुभन्दा विप्लव नेतृत्वको नेकपाले घटनाप्रती चिन्ता व्यक्त गर्दै माओवादी आन्दोलनको मर्म , भावना विरुद्ध नखेल्न चेतावनी समेत दिएको छ ।
यता घटनामा प्रचण्ड नेतृत्वको नेकपा(माके) , मोहन बैध नेतृत्वको नेकपा(क्रा.मा.) लगाएतका दलहरुले धारणा व्यक्त गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार