तुलसीपुरमा अन्तर बिधालय हाजिरीजवाफ प्रतियोगिता सुरु

डेली न्युजराप्ती       १६ बैशाख २०८१ १५:४४ मा प्रकाशित     205 No Comments

बैशाख १६ , तुलसीपुर ।

तुलसीपुरमा अन्तर बिधालय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ ।

तुलसीपुर नगर जेसिजको आयोजनामा सुरु भएको हाजिरीजवाफ प्रतियोगितामा तुलसीपुरका १९ वटा सामुदायिक र संस्थागत बिधालयहरुको उपस्थिति रहेको छ ।

oppo_2

तुलसीपुरको ग्रेट अरनिको मावीको सभाहलमा तुलसीपुर नगर जेसिज वर्ष २०२४ का अध्यक्ष पुर्ण बहादुर डाँगीको सभाअध्यक्षमा सुरु भएको प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत मन बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको छ ।

अन्तर बिधालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको सहजीकरण तुलसीपुर नगर जेसिजका महासचिव कमल प्रकाश शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार