बुझेन सरकारले,बुझाइदेउ कसैले:विप्लवको उत्पादन केन्द्रमा प्रहरीको अनावश्यक छापा

डेली न्युजराप्ती       १२ पुष २०८२ १३:३० मा प्रकाशित     979 No Comments

काठमाडौं । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)को उत्पादन केन्द्रमा छापा मारेको छ।

शीतगंगा नगरपालिका ११ अर्घाखाँची स्थित रहेको पार्टीको उत्पादन केन्द्रमा प्रहरीले गस्ती गर्दै छापा मारेको हो पार्टीका केन्द्रिय सदस्य सिंगम सीले जानकारी दिए ।

विप्लव नेतृत्वको माओवादीले देशैभर उत्पादन केन्द्रहरू निर्माण गर्दै विभिन्न खाद्यान्न उत्पादन गरिरहेको छ। आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ताको अवधारणा सहित माओवादीले उत्पादन कार्यलाई तिब्रतामा अगाडी बढाईरहेको अवस्थामा अनावश्यक प्रहरीले अवरोध गर्ने मनसायले छापा मारेको प्रति माओवादीले निन्दा एवम भत्सर्ना गरेको छ ।

नेकपा(माओवादी) ले निर्वाचनमा जाने निर्णय गर्दै पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेको अवस्थामा प्रहरीले माथीको आदेशमा विप्लवको उत्पादन केन्द्रमा गस्ती गर्दै
छापा मारेको बताइएको छ ।

प्रहरीले राज्य प्रशासनको आडमा विप्लवको केन्द्र र गाउँका बस्तीमा पनि अनावश्यक खानतलासी गरेको स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार