काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टी पुनर्गठन दिवस विभिन्न रचनात्मक तथा जनसहभागितामूलक कार्यक्रम आयोजना गरी देशव्यापी रूपमा भव्यताका साथ मनाउने भएको छ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मंसिर २ गते जारी गरेको परिपत्रमार्फत मंसिर ५ गते पर्ने पार्टी पुनर्गठन दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न पार्टीका नेता, कार्यकर्ता तथा सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएका छन्।
महासचिव विप्लवद्वारा जारी परिपत्रमा दिवसलाई उत्सवका रूपमा मनाउन चारवटा कार्यक्रम तय गरिएको छ।
परिपत्रअनुसार मंसिर ५ गते साहित्यिक कार्यक्रम आयोजना गर्ने, मंसिर ७ गते सरसफाइ तथा प्रचारप्रसार गर्ने, मंसिर ८ गते देशव्यापी उत्सव आयोजना गर्ने र मंसिर ८ गते नै कम्युन मार्ग उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
पार्टीले पुनर्गठन दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई विभिन्न रचनात्मक गतिविधि तथा जनसहभागितामार्फत भव्य रूपमा मनाउने तयारी गरेको परिपत्रले देखाएको छ।
महासचिव विप्लवले परिपत्रमार्फत सम्बन्धित सबै पार्टी कमिटीलाई घोषित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।

सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.