पाकिस्तानमा आत्माघाती बम बिष्फोट हुँदा ३५ जनाको मृत्यु

डेली न्युजराप्ती       १५ श्रावण २०८० १६:०७ मा प्रकाशित     119 No Comments

काठमाडाैँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको आत्माघाती बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्। इस्लामिक राजनीतिक दल जमियत उलेमा-ए-इस्लाम-फजल (जेयूआई-एफ) को सम्मेलनमा यो विस्फोट भएको हो। सो बम विष्फोटका धेरै भिडियोहरु सामाजिक सञ्जालमा पनि बाहिरिएका छन्। भिडियोमा जमियत उलेमा-ए-इस्लाम-फजलका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेको र मानिसहरु जिन्दाबादको नारा लगाएको देख्न सकिन्छ।
त्यसपछि ठूलो आवाज आउँछ। यसपछि त्यहाँ अराजकता छ। आत्मघाती हमलाकारीद्वारा गराइएको विष्फोट बाजौर आदिवासी जिल्लाको खारमा अपराह्न ४ बजे भएको थियो।
पाकिस्तानी मिडियाका अनुसार विस्फोटको समयमा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए। प्रहरी डीआईजी (माल्काण्ड रेन्ज) नासिर महमूद सत्तीले प्रारम्भिक अनुसन्धानबाट यो आत्मघाती विस्फोट भएको बताए । विष्फोटको प्रकृति पत्ता लगाउन प्रमाण संकलन भइरहेको छ। उनले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरिएको बताए । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यस हमलाको जिम्मेवारी लिएको छैन।
जेयूआई एफ प्रमुख मौलाना फजलुर रहमानले घटनाको छानबिन गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग माग गरेका छन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार