कृषिमा आधारित औद्योगिकिकरण विना समृद्धि आउदैन : निर्माण

डेली न्युजराप्ती       २६ जेष्ठ २०७९ ०८:५७ मा प्रकाशित     313 No Comments


काठमाडौ। अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का केन्द्रिय संयोजक एबम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओमप्रकाश पुन(निर्माण) ले कृषिजन्य कच्चा पदार्थलाई प्रशोधन गर्दै औद्योगिकिकरण गर्ने आर्थिक अवधारणाबिना मुलुकमा समृद्धि आउन नसक्ने बताउनु भएको छ।किसानहरुलाई खेतिपाती गरेर कृषि उत्पादन गर्ने बेला मल र बिउको अभाव भएको र महङ्गी आकासिदै गएको भन्दै देशव्यापी बिरोध तथा प्रदर्शन आयोजना भैरहेको बेला बुधबार काठमाडौको शान्तिवाटिकामा महासंघद्वारा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले उक्त कुरा बताउनु भएको हो।
असारको बेला खेतिपाती गर्न खेतबारीमा काम गर्न जानेबेला किसानहरु मल र बिउका लागि कारखाना धाउदै आन्दोलन गर्नु परिरहेको छ,जबजब मलको हाहाकार पर्छ तबतब कृषि मलको लागि स्वदेशमा कारखाना खोल्ने चर्चा गरिन्छ, कमिशनका लागि कृतिम अभाव सिर्जना गरेर केही सिमित व्यक्तिलाई पोस्नका लागि राज्यले नै विचौलियाको काम गरिरहेको छ, उनले भने ” नेपाललाई करिब १२ लाख मेट्रीक टन मल आबश्यक पर्छ तर सरकारले जि टु जि मार्फत खरिद गर्ने भनिएको मल पनि डेढ लाख मेट्रीक टन मात्र छ यसले कसरी किसानको समस्या हल हुन्छ।”
अहिलेको सरकारले कृषिका बारेमा जतिसुकै हल्लाखल्ला गरेपनि कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न भुमी माथिको द्वैत स्वामित्वको अन्त्य , क्रान्तिकारी भुमिसुधारको कार्यान्वयन र राष्ट्रिय पुजि निर्माणको लागि दलाल उत्पादन सम्वन्धको अन्त्य गर्ने दिशामा कुनै ठोस निति बन्न नसकी रहेको बेला सरकारले यी समस्यालाई समाधान गर्ने गरि बजेट ल्याउनुको सट्टा चुनाबी बजेट ल्याएको भन्दै नेता पुनले आलोचना समेत गर्नुभयो।
किसान महासंघ द्वारा आयोजित प्रदर्शनमा बैदेशिक हस्तक्षेप बन्द गर, नेपालमै कृषि औजार तथा कारखाना खोल, कृषि भुमिको खण्डिकरणको अन्त्य गर , चर्को महङ्गी अन्त्य गर जस्ता नाराहरु लगाउदै विरोध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार