काठमाडौ, २५ श्रावन । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले २ महिनाका लागि सङ्कटकाल घोषणा गर्नुभएको छ । नागरिकको सुरक्षा, देशको शान्ति र आउँदो निर्वाचनको ग्यारेन्टी गर्न सशस्त्र सुरक्षा बललाई देशभर परिचालन गरिएको उहाँले बताउनुभएको छ ।
१० दिन पछि हुन लागेको राष्ट्रपतीको निर्वाचनमा उम्मेदवार रहेका भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज गोली हानी हत्या गरिएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.