विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य

डेली न्युजराप्ती       १६ श्रावण २०७९ १९:४१ मा प्रकाशित     2948 No Comments


काठमाडौं – सोमबार बिहान पाटन उच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको नाममा पक्राउ पुर्जी जारी गर्यो । ३५ दिने पक्राउ पुर्जीमा नेकपा महासचिव विप्लव, नेकपा प्रवक्ता प्रकाण्ड, तेश्रो बरियताका नेता विषम, चौथो बरियताकी शिलु, छैटौं बरियताका रणबीर लगायत २५ नेताविरुद्ध पक्राउ पुर्जी जारी भयो ।

नेकपाका सबै ठूला नेताहरु विरुद्धमा पक्राउ पुर्जी जारी हुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हात रहेको पाइएको छ । केही दिनअघि प्रचण्डले विप्लवको काम नभएको अभिव्यक्ति दिएका थिए ।

त्यस लगत्तै उनले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेका थिए । त्यही भेटमा प्रचण्डले कार्कीलाई विप्लवका सबै नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारीगरी नियन्त्रणमा लिनसक्ने वातावरण बनाउन आग्रह गरेको शंका गर्न थालिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी, अमेरिकी शैन्य मोर्चा एसपीपी र नागरिकता विद्येयकमा नेकपाले चर्को आन्दोलन गरिरहेको बेलामा विप्लवको राजनीतिक हाइटलाई साइजमा ल्याउन प्रचण्डले अदालतको टुल्स प्रयोग गरेको हुनसक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।

विप्लवको राजनीतिक शक्ति बढ्दा प्रचण्ड नेतृत्वको माओवादी कमजोर हुने भयले यस्तो कदम चालिएको हुनसक्ने विश्लेषण भइरहेको छ । प्रचण्डले केही दिनअघि कामु प्रधानन्यायाधीशलाई भेटेर २ घण्टा कुराकानी गरेका थिए । त्यसको साइडइफेक्ट सोमबार देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार