‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!

डेली न्युजराप्ती       २२ मंसिर २०७९ १२:११ मा प्रकाशित     1995 No Comments

मंसिर २२ , दाङ ।
विप्लव नेतृत्वको नेकपाले पार्टीको नवौं महाधिवेशनबाट पुरानो जातीको अन्त्य गर्दै नयाँ कम्युनिस्ट साम्यवादी जाती ‘सी’ जाती निर्माण गरेको थियो ।
सोही अनुरुप महाधिवेशन सकिए लगत्तै नेकपाका देशभरका नेता-कार्यकर्ताहरुले त्यसलाइ लागू गरे । उनिहरुले आ-आफ्नो सामाजिक संजाल फेसबुकमा पुरानो परम्परागत जाती हटाएर अधिकांशले ‘सी’ लेखेका छन अर्थात मानव समाजको एउटै जाती कम्युनिस्ट साम्यवादी जाती ।

महासचिव विप्लवले आफुहरुले पार्टीको नवौं महाधिवेशनले जाति , धर्म र मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति , मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्कारको विकास गरेको बताएका थिए ।
सो पार्टीका महासचिव विप्लवले आफ्नी दिवंगत आमा आशिकादेबी चन्दको दुखद निधन पश्चात् ‘सी’जातीले मृत्यु संस्कारलाई नयाँ वैज्ञानिक अवधारणा बनाएर जाने नीति अनुरुप नयाँ संस्कारको विकास गरेका छन ।

महासचिव विप्लवले मंसिर १७ गते दिवंगत हुनुभएकी आदरणीय आमाको स्मृतीमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै ‘सी’ जातीले मृत्यु संस्कारलाई कम्तिमा ५ दिनसम्म शोक मनाउने बताएका छन ।
महासचिव विप्लवका अनुसार मृत्यु भएपछी मृतकको दाहसंस्कार गर्ने , सोही दिन अन्तिम श्रद्धाञ्जली सहित शोक सभा गर्ने , दोस्रो दिन मृतकको स्मृतिमा बृक्षारोपन गर्ने (फल ,फुल र जडिबुटी) , तेस्रो दिन अक्षयकोष स्थापना गर्ने ,चौथो दिन सहिद परिवार ,असहाय ,अपांग र बृद्ध-बृद्धालाई न्यानो लत्ताकपडा वितरण गर्ने र पाचौं दिन मृतक स्मृतिमा श्रद्धाञ्जली सभा गर्ने गरि मृत्यु संस्कारलाई मनाउने स्पष्ट पारेका हुन ।

सोही नीति अनुसार पार्टी महासचिव विप्लव परिवारले दिवंगत आदरणीय आमा आशिका देवी चन्दको स्मृतिमा सार्वजनिक प्रयोगका लागि फलफूल वृक्षारोपण, चित्र-चन्द्र-आशिका सहयोग काेष, सहिद परिवार, अपांग, असहाय, बृद्ध-बृद्धालाई न्यानो कपडा वितरण र श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार