रुकुम पश्चिममा जिप दुर्घटना हुँदा प्रदेश मामिला समितिका सभापतिसहित ९ जना घाइते!

डेली न्युजराप्ती       ९ असार २०८० १६:४४ मा प्रकाशित     228 No Comments

रुकुम पश्चिम । कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर सभापति खड्कासहित ९ जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –९ मा रहेको आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, सभापति खड्काका स्वकीय सचिव हुकुम बीसी, चालक युवराज गिरीसहित गाडीमा रहेका ९ जना घाइते भएको प्रहरीले जनाएको छ । खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका ३ घारीपाखामा दुर्घटनामा परेको हो ।

भोलि आइतवार रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा हुने गाउँसभामा सहभागी हुन त्यसतर्फ जाँदै गर्दा जीप दुर्घटना भएको हो । स्टेयरिङ अकस्मात घुमेपछि अनियन्त्रित भएर जीप पल्टिएको प्रहरीले जनाएको छ । घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार