महंगिको विरुद्ध संसदवादी दलहरु चुइक्क बोल्न सक्दैनन:- नेता प्रदिप

डेली न्युजराप्ती       २७ कार्तिक २०७८ १८:४० मा प्रकाशित     411 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले पेट्रोलियम पदार्थमा भएको चरम मुल्यबृद्धीका विरुद्ध संसदवादी दलहरु चुइक्क बोल्न नसकेको बताएका छन।
पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धीका विरुद्ध घोराहीमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै सेक्रेटरी प्रदिपले उक्त कुरा बताएका हुन। उनले भने,”यो महंगिको मार सबैलाइ परेको छ,तर कोहिपनी चुइक्क बोल्न सक्दैनन्”। उनले कर्मचारी,प्रशासनिक क्षेत्र लगाएत सबैमा महंगिको मार परेको भएपनी उनिहरु नांगो चाकडि र दलाली गरिरहेको बताए। शासन व्यवस्था नै दलालहरुको हातमा भएकोले कर्मचारीतन्त्र,प्रशासनिक क्षेत्रले चाकडी गर्नुपर्ने बाध्यता भएको नेता प्रदिपको जिकिर थियो।
नेपालका राजनीतिक,आर्थिक,सांस्कृतिक,सामाजिक लगाएत सबैखाले समस्याको एकमात्र समाधान व्यवस्था बदलेर मात्र हल हुने सेक्रेटरी प्रदिपको उद्घोष थियो।
नेता प्रदिपले आफ्नो पार्टीले संसदीय सरकारको सट्टा प्रगतिशील संयुक्त सरकार गठन गरेर त्यही सरकारको नेतृत्वमा जनतालाइ व्यवस्था चुन्ने अधिकार दिन जनमतसंग्रह गर्नुपर्ने कार्यनीति लिएको स्पष्ट पारेका थिए। उनले भने,”संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादि राज्यव्यवस्था भनेर जनतालाइ छान्न दिनुपर्छ,त्यो भनेको नेपालमा एकपटक जनमतसंग्रहको निर्वाचन गर्नुपर्छ”।

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेकपाले घोषणा गरेका देशव्यापी चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत कार्तिक २७ गते देशव्यापी बिरोध प्रदर्शन गरेको छ।
नेकपा दाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धिका विरुद्ध घोराहीको शहिदगेट देखि तुलसीपुर चोकसम्म बिरोध र्याली पछि कार्यक्रम कोणसभामा परिणत भएको थियो।

कोणसभालाई नेकपा दाङका कार्यालय सदस्य बिकाशले संचालन गरेका हुन।
यस्तै नेकपा दाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धीका विरुद्धमा भोलि कार्तिक २८ गते जिल्लाका मुख्य सहरहरुमा बिहान १० बजेदेखी ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार