नेकपा दाङ द्वारा पार्टी सदस्य राउतको दिवंगत बुवाप्रती अन्तिम श्रद्धाञ्जली अर्पण

डेली न्युजराप्ती       १० भाद्र २०७८ २०:३० मा प्रकाशित     526 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला पार्टी सदस्य वसन्त राउतका दिवंगत बुवा कुलबहादुर राउतप्रती अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको छ।
घोराही उपमहानगरपालिका-२ निवासी पार्टी सदस्य बसन्त राउतका बुवा मृतक कुलबहादुर राउतको ७८ बर्षको उमेरमा दुखद निधन भएको थियो। बिहिवार रामपुरको च्यापे घाटमा भएको दाहसंस्कारमा नेकपा दाङ जिल्ला सदस्य एवम घोराही उपमहानगर-२ इन्चार्ज चुलुवा,अखिल(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिल,नेकपा दाङ जिल्ला सदस्यहरु मोति,बिष्णु,छोटिलाल लगाएत अखिल(क्रान्तिकारी) दाङ जिल्ला सचीव शरद,जिल्ला कोषाध्यक्ष चुडामणिले अन्तिम दाहसंस्कारमा सहभागी भइ मृतकप्रती श्रद्धाञ्जली अर्पण गरेका थिए।
मृतक कुलबहादुरले जनयुद्ध साथै एकीकृत जनक्रान्तीमा पार्टीलाई अतुलनीय सहयोग गरेको र उहाको निधनले पार्टीलाई ठूलो क्षति भएको नेकपा दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार