हामी अदालतको आदेशमा छुट्यौ,सरकार तीन बुदे सहमतीप्रति इमानदार भएन- सुदर्शन

डेली न्युजराप्ती       १७ आश्विन २०७८ २०:०४ मा प्रकाशित     539 No Comments


हेमन्त वली,दाङ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली(सुदर्शन) नेकपा दाङको तेस्रो जिल्ला बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै आफुहरु अदालतको आदेशमा छुटेको बताए। नेता सुदर्शनले भने,”केपि सरकार र हाम्रो पार्टी बिच भएको तिन बुदे सहमती कार्यान्वयनका लागि सरकार इमानदार भएन,हामी अदालतको आदेशमा छुट्यौ”। उनले तिन बुदे सहमतीप्रती राज्य गम्भीर नभए आफुहरु जनतामा जाने उद्घोष गरेका थिए।
नेता सुदर्शनले संसदीय व्यवस्थामा प्रजातन्त्र भ्रम मात्रै रहेको तर्क गरे। साच्चिकैको प्रजातान्त्रिक मूल्य मान्यताहरुको रक्षा र प्रयोग वैज्ञानिक समाजवादि राज्यव्यवस्थामा हुने सुदर्शनको जिकिर थियो।
एक फरक प्रसंगमा नेता सुदर्शनले निजि सम्पत्तीको अन्त्य गरि सामुहिक सम्पत्तिको विकास गर्दै वैज्ञानिक समाजवादको अनवरत यात्रामा अबिचलित दौड्न आग्रह गरे। उनले वैज्ञानिक समाजवाद साम्यवादको प्रारम्भिक रुप भएको बताए। पार्टीले नेपालमा देखिएका राजनितिक,आर्थिक,सामाजिक,सांस्कृतिक बिबिध समस्याहरुको समाधानको विकल्पको रुपमा जनमतसंग्रहको एजेन्डा अघि सारेको नेता सुदर्शनको भनाइ थियो। पुजीवादी संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने बिसयमा जनतालाइ व्यवस्था चुन्ने अधिकारको माग गर्दा आफुहरु माथी सच्चा लोकतन्त्रवादी ठान्नेहरुले अनेकन भ्रम छरेको प्रती सचेत रहन जनतालाइ सुदर्शनको अपिल थियो। लोकतन्त्रको उच्चतम रुप जनमत भएकाले व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुपर्ने नेता सुदर्शनको धारणा थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार